बागमतीका जिल्लाहरूमा सभापति बानियाँका ‘दूत’हरू फिल्डमा खटिए
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूले काभ्रेपलाञ्चाकका नेताहरूसँग भेट गरेर चुनावी रणनीतिका विषयमा छलफल गरेका छन् ।
शुक्रबार काभ्रेपलाञ्चोकमा नेताहरूले केन्द्रीय सदस्य शिव हुमागाइँसहितका नेताहरूसँग भेटवार्ता गरेर सत्तागठबन्धनका उम्मदवारहरूलाई विजयी बनाउने रणनैतिक विषयमा परामर्श गरेका हुन् ।
बाग्मती प्रदेश कार्यसमितिले दिएको जिम्मेवारीअनुसार नेताहरू जिल्लाहरूमा जान थालेका छन् । बागमती प्रदेशको चुनावी घोषणापत्र तथा प्रचार सामग्रीको पनि हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेशका १३ जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचार–प्रसारका लागि काभ्रेपलाञ्चोक जिल्लाका प्रतिनिधि सभा सदस्य उमेदवार शिवप्रसाद हुमागाइँसहितका नेताहरूसँग भेटघाट र छलफल गरिएको सभापति ईन्द्रबहादुर बानियाँका स्वकीय सचिव एवम् कांग्रेस नेता अनिल सिटौलाले जानकारी दिए ।
बागमती प्रदेशका निर्वाचन क्षेत्र र सत्तागठबन्धनका उम्मेदवारहरूको ग्राउण्डमा कस्तो अवस्था छ ? भनेर नेताहरूले तथ्याङ्क समेत लिनेछन् ।
भेटमा प्रदेश सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे, सिन्धुपाल्चोक जिल्लाका प्रदेश सभा सदस्यका उम्मेदवार मसिना खड्का तथा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका नेपाली कांग्रेसका नेता कार्यकर्ता, बागमती प्रदेशका सह–महामन्त्री हरिशरण श्रेष्ठ, बागमती प्रदेश समितिका सदस्य कुमार दुलाल पनि भेटघाट भएको छ ।
त्यस क्रममा चुनावी प्रचार–प्रसारका बारेमा आवश्यक छलफल भएको सिटौलाले बताए ।
बागमती प्रदेशका नेताहरूले शनिबार दोलखा र रामेछाप जिल्लाका कांग्रेसका नेता कार्यकर्तासँग भेटघाट र परामर्श गर्ने कार्यक्रम छ ।
बागमती कांग्रेसले सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन बागमती कांग्रेसका सभापति बानियाँले आफ्नो संयोजकत्वमा समिति समेत बनाएर नेताहरूलाई फिल्डमा खटाइसकेका छन् ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया