एक महिनापछि दाङको रोशनी–शरद हत्याको रहस्य पत्ता लाग्यो
घोराही । दाङमा रोशनी महतरा र शरद आचार्यको हत्या प्रकरणको टुङ्गामा प्रहरी पुगेको छ ।
झण्डै एक महिनापछि रोशनी–शरद हत्याका दोषी र कारण प्रहरीले पत्ता लगाएको दाङ प्रहरी स्रोतले जनाएको छ ।
असोज ३० गते रोशनी–शरदको हत्या भएको अवस्थामा शव गाडिएको स्थानमा भेटिएको थियो ।
प्रहरीले हत्याको घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गरेको छ । पक्राउ परेका दोषीलाई दाङ प्रहरीले आज शनिबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार शिकारीले थापेको विद्युतीय धरापमा परेर रोशनी–शरदको मृत्यु भएको खुलेको छ । शिकारीहरूले बँदेल मार्नका लागि नजिकैको घर–टहराबाट बिजुलीको तार तानेर बिद्युतीय धराप राखेको र सोही धरापमा परेर उनीहरूको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
रोशनी र शरदको मृत्यु विद्युतीय धरापबाट नभएको बनाउन ती शिकारीहरूले ढुंगाले हानेका अनुसन्धानका क्रममा खुलेको छ । रोशनी र शरदको हत्या प्रकरण लुकाउन प्रमाण नष्ट गर्ने प्रयास भएको समेत देखिएको छ ।
तुलसीपुर उप–महानगरपालिका–१३ दमारगाउँकी १५ वर्षीया रोशनी र दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरदको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेका थिए ।
उनीहरु असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए । उनीहरू साढे दश बजेपछि सम्पर्कबिहीन थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया