निर्वाचन शान्तिपूर्ण बनाउन कांग्रेसको सुरक्षा उप–समितिको यस्ता छन् निर्णयहरू
काठमाडौं । नेपाली कांग्रेस निर्वाचन सुरक्षा निकाय समन्वय उप–समितिले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन र शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गर्न विभिन्न निर्णयहरू गरेको छ ।
बिहीबार ललितपुरमा बसेको उप–समितिको बैठकले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण तथा सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्न आफ्ना सदस्य र मातहतलाई परिचालन गर्ने निर्णय गरेको हो ।
‘प्रदेश तथा जिल्ला संयोजकहरूले प्रदेश तथा जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति गठन गरी बैठक बसेर त्यसको जानकारी गराउने निर्णय भएको छ’, कांग्रेसका केन्द्रीय सदस्य एवम् उप–समितिका संयोजक जितजंग बस्नेतले भनेका छन् ।
‘प्रदेश संयोजकले जिल्ला संयोजकहरूसँग समन्वय तथा अनुगमन गर्ने’, संयोजक बस्नेतले भनेका छन् ।
‘प्रदेश संयोजकले क्षेत्रीय सुरक्षा समितिसँग समन्वय गर्ने’, निर्णयमा भनिएको छ, ‘जिल्ला संयोजकले जिल्ला सुरक्षा समन्वय समितिसँग समन्वय गर्ने साथै केन्द्रीय सुरक्षा समन्वय समितिका सम्बन्धित जिल्ला सदस्यहरूसँग समन्वय गर्ने ।’
उप–समितिको निर्णयमा भनिएको छ, ‘सुरक्षा समन्वय उप–समितिका सदस्यहरूले सम्बन्धित प्रदेश तथा जिल्ला संयोजकसँग सम्पर्क समन्वय गर्ने ।’
बैठकमा मेखलाल श्रेष्ठ, सुबोधन अधिकारी, सुप्रभात भण्डारी, ठानप्रसाद पोखरेल, ई.कमल कार्की, कृष्णजी खड्का, ईन्द्रबहादुर रिजाल, निरन्जन केसी, दिनेशविक्रम शाह, केशव पुरी, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया