ललितपुर-१ मा सत्तागठबन्धनलाई मतदाताको आशीर्वाद, राणा-महर्जनलाई भव्य स्वागत
काठमाडौं । ललितपुर–१ मा सत्तागठबन्धनका उम्मेदवारहरूले प्रचार–प्रसार र घरदैलो कार्यक्रमलाई तिब्रता दिइरहेका छन् ।
बिहीबार डुकुछाप र छम्पीमा स्थानीयसंग भेटघाट गरेर सत्तागठबन्धनलाई मतदान गर्न अनुरोध गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका कांग्रेसका नेताद्वय उदयशम्शे राणा र मीनकृष्ण महर्जनलाई स्थानीय मतदाताले स्वागत गर्दै विजयीको आशीर्वाद दिएका छन् ।
उनीहरूले पनि आफूहरूलाई जिताएर पठाएमा ललितपुरको विकासमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।
ललितपुर–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा र प्रदेश सभातर्फ २ मा युवा नेता मीनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा १ तर्फ माओवादी केन्द्रका नेता हरि दाहालले उम्मेदवारी दिएका छन् ।








बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया