सिन्धुपाल्चोक-२ मा सत्तागठबन्धनको धमाका प्रचार शुरु, मोहन बस्नेतलाई ठाउँ-ठाउँमा स्वागत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक क्षेत्र नं. २ का मतदाताले भव्य स्वागत गरेका छन् ।
बिहीबार ईन्द्रावती गाउँपालिकाका एक दर्जन स्थानमा मतदाताले नेता बस्नेतलाई स्वागत गरेका हुन् । नेता बस्नेतसँगै माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य युवराज दुलाललाई पनि मतदाताहरूले स्वागत गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेत सिन्धुपाल्चोक–२ मा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका छन् । बस्नेतलाई सत्तागठबन्धनका दलहरूको समर्थन छ ।
सिन्धुपाल्चोक– २ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका मन्त्री दुलालले उम्मेदवारी दिएका छन् । दुलाल सत्तागठबन्धनका उम्मेदवार हुन् ।
बिहीबार ईन्द्रावती गाउँपालिकाका ४ वटा वडा तथा १ दर्जन गाउँ र टोलहरूमा बस्नेतलाई स्थानीय मतदाताले फूलमाला तथा कलश राखेर स्वागत गरेको ईन्द्रावती कांग्रेसले जनाएको छ ।
विशेष गरेर नेता बस्नेतलाई युवा र वृद्धाहरूको ठूलो जमातले स्वागत गरेको थियो । नेता बस्नेतसँग स्थानीयले विकासका लागि ठूलो अपेक्षा राखेको मतदाताहरूले बताएका छन् । मतदाताहरूले सत्तागठन्धनले पूरै सिन्धुपाल्चोकका दुई वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभामा शानदार जित हासिल गर्ने दाबी गरेका छन् ।
विभिन्न स्थानमा भएका कोण सभा र घरदैलो कार्यक्रममा नेता बस्नेतले आफूले सिन्धुपाल्चोक– २ को विकास निर्माणमा भूमिका खेल्ने बताए ।
उनले भने, ‘मलाई सिन्धुपाल्चोक–२ मात्र होइन समग्र जिल्लाको विकास गर्ने जिम्मेवारी कांग्रेस र सत्तागठबन्धनले दिएको छ । तपाईहरूले मलाई र युवराज दुलाललाई जिताएर पठाउनुस् । हामीले हल गोरुले जस्तै काम गरेर सिन्धुपाल्चोक– २ को विकास गर्नेछौँ । कुनै गुनासो हुन दिने छैनौँ ।’
स्थानीय मतदाताहरूले पनि विकासप्रेमी कांग्रेस नेता बस्नेतलाई उम्मेदवारका रुपमा पाउँदा निकै खुसी लागेको बताए ।
नेता बस्नेतले मेलम्ची नदीबाट समस्यामा परेकाहरूको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । उनले ईन्द्रावतीका माझी समुदायको मागलाई आफूले जितेएर गएपछि पूरा गर्ने आश्वासन दिएका छन् ।
माओवादी नेता दुलालले पनि सिन्धुपाल्चोक–२ को विकास गर्नका लागि मोहनबहादुर बस्नेत र आफूबीच राम्रो तालमेल बनेको बताए । उनले सत्तागठबन्धनको उम्मेदवार भएका कारण कांग्रेसलाई चुनाव चिन्ह रुख र माओवादीलाई गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हमा मतदान गर्न अपील गरेका छन् ।
उनले विकासप्रेमी नेता बस्नेतलाई कांग्रेसले सिन्धुपाल्चोक–२ मा उम्मेदवार बनाएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘प्रदेशबाट हुने काम म गर्छु । केन्द्रबाट हुने काम नेता मोहनबहादुर बस्नेत दाईले गर्नु हुन्छ । हामी दुबै जना मिलेर विकास गर्ने कार्यको नेतृत्व लिन्छौँ ।’
नेता बस्नेत र नेता दुलालले विगतका तिक्तताहरूलाई भुलेर संविधान, लोकतन्त्र र विकासका लागि सत्तागठबन्धनलाई विजयी बनाउनुपर्ने बताए । उनीहरूले सत्तागठबन्धनका उम्मेदवारहरू पराजित भएमा संविधान विरोध र दुईतिहाई बहुमत हुँदा पनि दुई पटक संसद भङ्ग गर्ने एमालेले जित्ने बताए । एमाले र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको अहँकार भत्काउन पनि सत्तागठबन्धनको जित अनिर्वाय रहेको बताएका छन् ।
नेता बस्नेतले सिन्धुपाल्चोक–२ मा बिहीबारदेखि धमाकेदार प्रचार शुरु गरेका छन् । प्रचार कार्यक्रममा कांग्रेस नेताहरू विकास लामा, वंशलाल तामाङ, राजु गोर्खाली, विनोद जिसीका साथै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजदावी)का नेता कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो ।
चुनावी कार्यक्रम हेर्न आउने र अन्य गरेर दुई दर्जन सवारी साधन देखिएका थिए । चुनावी कार्यक्रममा नेता बस्नेत र नेता दुलालले एमाले र एमालेका उम्मेदवारहरूको स्वस्थ्य आलोचना गरेका थिए । उनीहरूले कुनै पनि अप्रिय शब्द बोलेका थिएनन् ।















बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया