सन्दीपका वकिलहरूले उठाए न्यायाधीश नै छक पर्ने कुरा

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा थुनछेक बहस शुरु भएको छ ।

बुधबार पहिलो दिन थुनछेक बहस भएको छ । प्रतिवादीको तर्फबाट दुई विषयमा जोड दिइएको छ ।

जबर्जस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको लामिछानेका वकिलहरूले बहसमा जबरजस्त रुपमा उठाएका छन् ।

पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि लामिछानेका वकिलहरूले बहसमा कुरा उठाएका छन् ।

पहिलो कुरा जुन जबर्जस्ती करणीको वारदात भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न सकेको अवस्था छैन ।

पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने, जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने, किनभने नागरिकतापछि बनेको कागज भयो ।

जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आमप्रचलन छ ।

त्यसले गर्दा जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड लामिछाने पक्षका अधिवक्ताहरूको छ ।

पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिइएको छ ।

नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिइएको छ ।

Published : Wednesday, 2022 November 2, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया