एमालेसँग म्याउँ गरे सदीक्षा-अनिल, फाईभ स्टार होटेलमा गरिवको पार्टीको भव्य कार्यक्रम
काठमाडौं । एमालेको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा बैंकका पूर्व प्रमुख कार्यकारी निर्देशक अनिलकेशर शाह र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ देखिएका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले लाखौँ रकम खर्च गरेर काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटेलबाट घोषणा पत्र सार्वजनिक गरेका छन् । सो कार्यक्रममा बैंकका पूर्व कर्मचारी शाह र पूर्व मिस नेपाल श्रेष्ठ देखिएका हुन् ।
ओलीले ठूलो तामझामसहित पाँचतारे होटल याक एण्ड यतीबाट एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
एमालेले पूर्व मिस नेपाल श्रेष्ठलाई कार्यक्रम सञ्चालक गर्न दिएको थियो । बैंकका पूर्व कर्मचारी शाहले लाइभ डिबेटको प्रश्न गरेका थिए । ओलीले एमालेप्रति आकर्षण तान्न र भोट बटुल्न श्रेष्ठ र शाहलाई मञ्चमा उतारेका हुन् । शाह र श्रेष्ठले एमालेलाई कति भोट तान्न सक्छन् मंसिर ४ गते थाहा हुनेछ ।
नेपाली कांग्रेसले आफ्नो घोषणा पत्र पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सभापति शेरबहादुर देउवासहितका नेताहरूले सार्वजनिक गरेका थिए ।
तर, गरिवको पार्टी भन्ने एमालेले लाखौँ रुपियाँ खर्च गरेर पाँचतारे होटेलबाट घोषणा पत्र सार्वजनिक गरेर चकित बनाएको छ ।
घोषणापत्रमा ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री बन्ने घोषणा गरिएको छ । एमालेको बहुमत आउने भनिएको छ ।
सरकार र पार्टी चलाउन नसकेर ओलीले दुई पटक संसद विघटन गरेका थिए । ओलीले संसद विघटनको बचाउ गरेका छन् ।
प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णयलाई प्रतिगमनको आरोप लगाइनु राष्ट्रहितको विपक्षमा भएको एमालेका अध्यक्ष ओलीले उल्लेख गरेका छन् ।
‘यो त स्वार्थपरक देशी–विदेशी शक्तिका इसारामा नेपाली राजनीतिको अग्रगामी धार नै उल्टो दिशामा फर्काउनु थियो अर्थात् स्पष्टतः प्रतिगमन थियो’, एमालेको घोषणापत्रमा भनिएको छ ।
मध्यावधि निर्वाचनमा जान नदिएर मुलुकलाई अनन्तः अस्थिरतातिर धकेल्ने र सेटिङबाट सिंगो राज्य संयन्त्रलाई सीमित नेताहरूको स्वार्थ पूर्तिको माध्यम बनाइएको एमालेको आरोप छ ।
अदालतले पनि संविधानको गलत व्याख्या गरेर परमादेश दिएको निष्कर्ष निकालेको एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गरेको छ ।
‘इतिहासमा पहिलो पल्ट प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर ६ महिनासम्म थन्काएर राख्ने, संसदको कार्यकाल सकिने बेलामा मात्रै कथित छानबिनलाई अगाडि बढाउने’, घोषणापत्रमा भनिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया