छठ पूजामा आरजु राणा यसरी सहभागी भइन् (तस्वीर)

जनकपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले छठ पूजा गरेकी छिन् । पूजाका क्रममा कांग्रेस नेतृ चन्दा चौधरीसहितका महिला नेतृहरुको उपस्थिति रहेको थियो ।

आइतबार जनकपुरधामस्थित गंगा सागर पोखरीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणाले छठ पूजा गरेकी हुन् ।

राणाले अपरान्ह गंगा सागर पोखरीमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी छिन् ।

आइतबार साँझ जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

Published : Sunday, 2022 October 30, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया