मोहन बस्नेत र अग्नि सापकोटाबीच बार्ता, सत्तागठबन्धनलाई जिताउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा सत्तागठबन्धनलाई विजयी बनाउने सहमति बनेको छ ।

सोमबार काठमाडौंमा बस्नेत र सापकोटाबीच भएको भेटवार्तामा सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन आवश्यक पर्ने रणनीति बनाउने निर्णय भएको सिन्धुपाल्चोक कांग्रेसले जनाएको छ ।

आवश्यकताले देशभरि गठबन्धन बनेको चर्चा गर्दै सत्तागठबन्धनलाई जिताउन सबैले इमानदार भएर सहमति पालना गर्नुको विकल्प नभएको बताए दुबै नेताहरु सहमति भएकाा छन् ।

उनीहरुले सिन्धपुपाल्चोकका सत्तागठबन्धनका उम्मेदवारहरुसँग पनि संयुक्त रुपमा सम्वाद गरेका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं. २ बाट प्रतिनिधि सभातर्फ कांग्रेस नेता बस्नेतले उम्मेदवारी दिएका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ मा माओवादीबाट सुवोध सापकोटाले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका छन् ।

Published : Monday, 2022 October 24, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया