स्वतन्त्रबाट उम्मेदवारी दिएका कांग्रेस नेता उत्तम चापागाइँद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर नेता चापागाइँले आफ्नो उम्मेदवारी फिर्ता भएको जनाएका हुन् । उनले भने, ‘पार्टीले दिएको निर्देशनलाई आत्मसाथ गरेर भोजपुरको प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘१’मा मैले दर्ता गराएको मनोनयन फिर्ता लिएको छु ।’

उनले सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन आफू सक्रिय भएर लाग्ने जनाएका छन् । उनले भने, ‘कांग्रेसको नीतिअनुसार सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन लाग्नेछु । आजका दिनदेखि मेरो उम्मेदवारी छैन । फिर्ता लिएको छु ।’

कांग्रेसका नेता चापागाइँले भोजपुरको प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘१’बाट स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए ।

Published : Friday, 2022 October 21, 3:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया