ब्यूरोलाई काठमाडौंमा अर्को ठूलो सफलता, लाखौंको डेन्जर बस्तुसहित युवा र युवतीहरू पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, काठमाडौंले २१ जनालाई लाखौँ रुपियाँ बराबरको लागुऔषधसहित पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाभित्र लागुऔषध खैरो हेरोईन, गाँजा र एप्पुलहरूको कारोबार भइरहेको छभन्ने सूचनाका आधामारमा ब्यूरोले विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको ब्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले बताए ।
पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको एसएसपी खनालले बताए । विभिन्न जिल्लामा घर भई काठमाडौं उपत्यकाभित्र बसोबास गर्दै आएका युवा र युवतीहरू लागुऔषध कारोबारमा लागेको सूचना पाएपछि ब्यूरोले अभियान नै चलाएर पक्राउ गरेको छ ।
ब्यूरोले लागुऔषध खैरो हेरोईन ३३.४ ग्राम, लागुऔषध गाँजा १५ किलो ९१७ ग्राम, नियन्त्रित लागुऔषध एम्पुल २१४० पिस, डिजिटल तराजु १ तथा लागुऔषधको कारोबारबाट आर्जन गरेको रकम रु. ११ लाख २५ हजार ५ सय रुपियाँ बरामद गरिएको एसएसपी खनालले बताएका छन् ।
ब्यूरोका कार्यालय प्रमुख एसएसपी खनालले भने, ‘खैरो हेरोईनप्रति ग्राम १० हजारको दरले ३४.६ ग्रामको अबैध बजार मूल्य अन्दाजी ३ लाख ४६ हजार । नियन्त्रित लागुऔषधप्रति एम्पुल रु. २ सयका दरले २ हजार १ सय ४० एम्पुलको अन्दाजी मूल्य ४ लाख २८ हजार र लागुऔषध गाँजाको प्रतिकिलो ३७ हजारको दरले १५ किलो ९१७ ग्रामको अन्दाजी मूल्य ५ लाख ८८ हजार ९ सय २९ रुपियाँ हुन आउँछ ।’
ब्यूरोले चाबहिलबाट सोलुखुम्बुको पासाङ ल्हामु–२ स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएका ३६ वर्षीय ग्याल्जेन शेर्पालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलामको फाकफोकथुम–२ का २७ वर्षीय दिनेश तामाङ, ईलामको माई नगरपालिका– २ का २५ वर्षीया सिर्जना राई, ईलामको फाकफोकथुम–२ का २५ वर्षीय कृष्ण तामाङ पनि रहेका छन् ।
टोखाको साङलेखोलाबाट ब्यूरोले नुवाकोटको लिखु–५ घर भएका २७ वर्षीय सरोज राई, सर्लाहीको लालबन्दी– २ का २६ वर्षीय रञ्जीत गोले, नुवाकोटको लिखु–३ का ३४ वर्षीय कृष्णबहादुर राई र धादिङको थाक्रे–५ घर भई काठमाडौंमा खाजाघर सञ्चालन गर्ने ३७ वर्षीया शर्मिला तामाङलाई पनि ब्यूरोले पक्राउ गरेको छ ।
ब्यूरोले पर्साको बहुदरमाई–१ का १९ वर्षीय सन्दीप दास, पसौको छिपहरमाई–५ का २३ वर्षीय दीपप्रसाद कुशहवा, चितवनको भरतपुर–१४ का २७ वर्षीय श्रीकृष्ण भण्डारी, चितवनको भरतपुर–१४ कि २४ वर्षीया मेलिना भण्डारी, पर्साको छिपहरमाई–५ का २३ वर्षीय उपेन्द्रप्रसाद कुशहवालाई पनि पक्राउ गरेको छ । ब्यूरोले उपेन्द्रप्रसाद कुशहवालाई पर्साबाट पक्राउ गरेको छ ।
ब्यूरोले पर्साको बहुदरमाई–९ का १९ वर्षीय कृसन साह तेली, बहुदरमाई–१ का १९ वर्षीय चन्दन महतो र वडा नं. २ का २३ वर्षीय सुवास सहनीलाई पनि पक्राउ गरेको छ । ब्यूरोले चन्दन महतो र सुवास सहनीलाई पर्साबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
ब्यूरोले सप्तरीको शम्भुनाथ–८ का २७ वर्षीय चन्दनकुमार दास, भारतको मधुवनी जिल्ला थाना बिश्रामपुरका २५ वर्षीय शम्भुकमार साह, भारतको मेघालय रिभ्बाय जिल्ला नङपो थानाका २३ वर्षीय सन्दीप शर्मा भनिने प्रेसियस स्टार ल्याङखोई, गोरखाको पालुङटारका २७ वर्षीय सचिन देवकोटा र काठमाडौं महानगरपालिका–१७ घर भएका ३२ वर्षीय सौरभ सान्डिललाई पनि पक्राउ गरिएको एसएसपी खनालले बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया