जन्मजय तिमिल्सिनाको बर्दियामा जबरजस्त प्रचार, सत्तागठबन्धनलाई जिताउन अपील

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट बर्दिया–२ ‘१’मा प्रदेश सभामा उम्मेदवारी दिएका युवा नेता जन्मजय तिमिल्सिनाले आफ्नो प्रचार प्रसारलाई जबरजस्त रुपमा अगाडि बढाएका छन् ।

गाउँ र टोलहरूमा कांग्रेसका नेता तथा कार्यकर्ता र सत्तागठबन्धनका दलका उम्मेदवारहरूसँग तिमिल्सिना प्रचारमा हिँड्ने गरेका छन् । उनीसँग माओवादी र एकीकृत समाजवादीका नेता कार्यकर्ता पनि प्रचारमा हिँड्ने गरेका छन् ।

कांग्रेसका युवा नेता तिमिल्सिनाले मधुवन नगरपालिका–५ मा वडा कार्यसमितिद्वारा आयोजित अगुवा नेता कार्यकर्ता भेटघाटमा सहभागी भएर सत्तागठबन्धनका उम्मेदवारह लाई मतदान गर्न अपील गरेका छन् ।

संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तागठबन्धनलाई विजयी बनाउनुपर्ने कांग्रेस नेता तिमिल्सिनाको भनाइ छ ।

Published : Wednesday, 2022 October 19, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया