डा.महतको समितिमा सदस्यहरू थपिए, दोस्रो चरणमा को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समितिका सदस्यहरू थप भएका छन् ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बुधबार केही सदस्यहरू मनोनीत गरेका हुन् ।

कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउने रणनीति र प्रचार प्रसारका लागि डा.महतले समितिका सदस्यहरू थप गरेका हुन् ।

समितिका संयोजक समेत रहेका प्रवक्ता डा.महतले मंगलबार समितिका संयोजकहरू तोकेका थिए । समितिको सदस्यहरूमा डा.महतले दोस्रो पटक थप गरेका छन् ।

Published : Wednesday, 2022 October 19, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया