सत्तागठबन्धनले जित्यो भने देशले लय समात्छ : डा.प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा वाम–लोकतान्त्रिक गठबन्धन माओवादी केन्द्र, नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रममा बोल्दै डा.महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए ।
उनले स्वदेशमा विद्युत् उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युत्मा आधारित ट्रान्सपोटेसन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थ आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवर्द्धन देशभर गर्ने काम गठबन्धनबाट नै सम्भव रहेको बताएका छन् ।
देशमा समृद्धिको विकल्प नरहेको भन्दै डा.महतले नेपाली युवाहरू देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यकता भएको बताए ।
कांग्रेसका प्रवक्ता डा.महतले रोजगारीका लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् ।
उनले आगामी निर्वाचन सत्तागठबन्धनले जितेमात्रै देशले लय समात्ने बताएका छन् ।
डा.महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको बताउँदै पार्टीको केन्द्रीय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया