निर्वाचन आयोगले अर्को कुरामा पनि बन्देज लगायो
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्न चेतावनी दिएको छ ।
बिहीबार आयोगले विज्ञप्ति जारी गरेर उम्मेदवारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण नगर्न भनेको छ ।
उम्मेदवारहरूको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ ।’
‘आचारसंहिताका व्यवस्थाहरू विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ’, आयोगले भनेको छ ।
आयोगले मत सर्वेक्षणले निष्पक्ष निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने जनाएको छ ।
मत सर्वेक्षण नगर्न, त्यससम्बन्धी सामग्री प्रचारप्रसार नगर्न र सामाजिक सञ्चालमा प्रकाशन पनि नगर्न आयोगको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय निर्वाचनमा कतिपय सञ्चारमाध्यम र संस्थाले मत सर्वेक्षण गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया