गुरुङका कारण विष्णु पौडेलको भाग्य खुल्यो
काठमाडौं । निर्वाचन आयोगले रुपन्देही–२ मा मनोनयन दर्ता गराएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।
गुरुङ सत्ता गठबन्धनका उम्मेदवार हुन् । यो क्षेत्रबाट एमालेका विष्णु पौडेलले उम्मेदवारी दिएका छन् । गुरुङको उम्मेदवारी खारेज भएपछि पौडेललाई जितका लागि सहज भएको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उम्मेदवार हुन अयोग्य देखिएको विज्ञप्तिमार्फत जानकारी गरएको छ ।
सो दफामा कालोसूचीमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुने उल्लेख छ ।
आयोगले गुरुङ कालोसूचीमा रहेको विस्तृत कारण नखुलाए पनि उनीविरुद्ध अदालतले बैंकिङ कसुरमा जरिवाना गरेको तर, भुक्तानी नगरेकाले उम्मेदवार बन्न अयोग्य ठहर गरेको छ ।
गुरुङ र एकीकृत समाजवादीका नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालसहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा २०७६ सालको साउन ०७६ मा मुद्दा दर्ता भएको थियो ।
अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सञ्जीव राई र शक्तिमान डंगोलसमेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा १२ मंसिर ०७८ मा उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो ।
गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि ६ साउन ०७६ सम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो ।
रुपन्देही–२ मा हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवारी दिएका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको छ ।
भुसालले सरकारबाट आर्थिक लाभ लिइरहेकाले उम्मेदवार बन्न नपाउने भन्दै उजुरी परेको थियो । उनले सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेको छानबिनमा खुलेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया