ओली, थारु र चौधरीलाई ठूलो झड्का, खोरभित्रै बबाल
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका दुई प्रतिनिधि सभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज गरिदिएको छ ।
मंगलबार आयोगले रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज गरिदिएको हो । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका चौधरी र फरार रहेका थारुको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।
चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए ।
२०७२ सालको भदौ ७ गते सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो ।
सो घटनामा संलग्नता रहेको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको छ ।
उच्च अदालत डोटीले चौधरी र थारु दुबैलाई जन्मकैदको सजाय सुनाएको छ ।
फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति उम्मेदवार भएको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै निर्वाचन अधिकृतको कार्यालयले दुबैको उम्मेदवारी खारेज गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य भएको आयोगले जनाएको छ ।
रेशमविरुद्ध बर्दिया–२ का माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले र लक्ष्मणविरुद्ध कैलाली–५ का स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका थिए ।
रेशम यसअघि २०७४ सालमा कैलाली–१ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।
टीकापुर घटनामा संलग्नताको आरोपमा मुद्दा खेपिरहेका उनी फरार रहेकै अवस्थामा उम्मेदवारी दर्ता गराएका थिए ।
चुनाव जितेपछि अदालतमा आत्मसमर्पण गरेका चौधरीले पुर्पक्षका लागि थुनामै रहेका बेला ११ पुस २०७५ मा सांसद पदको शपथ लिएका थिए ।
आफू रिहा हुने नदेखेपछि चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गराएका थिए । श्रेष्ठ कैलाली–१ बाट प्रतिनिधिसभा उम्मेदवार छिन् ।
उता, रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेसमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको १ महिना कैद र ७ लाख रुपियाँ जरिवाना भुक्तान नगरेको देखिएकाले उनको उम्मेदवारी खारेज भएको रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले बताए ।
ओलीले उम्मेदवार स्वघोषणा फारममा दण्ड जरिवाना बाँकी छैन भनेका थिए ।
ओलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भनी सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए ।
मुख्य निर्वाचन अधिकृत केसीका अनुसार कांग्रेस उम्मेदवार ओली उक्त उजुरीको प्रतिवाद गर्न पनि आएका थिएनन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया