कांग्रेसले आफ्ना यी अराजकहरूलाई ठेगान लगाउने, को–को परे ?
काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारहरूलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको छ ।
मंगलबार कांग्रेसले विज्ञप्ति जारी गरेर बागी उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको समयभित्र मनोनयन फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ ।
‘२०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठवन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (२०७९ असोज २६ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरूलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्नहुन निर्णयानुसार निर्देशन गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुने ब्यहोरा निर्णयानुसार जानकारी गराइन्छ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया