गृहमन्त्री खाणसहितको बैठकमा भुसाल, बालकोटको पासा पल्टिने गरि वार्ता
भैरहवा । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विषयमा सत्तारुढ गठबन्धनका उम्मेदवारलगायतका नेताहरूसँग संयुक्त बैठक गरेका छन् ।
सोमबार रुपन्देहीको भैरहवामा खाणले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई कसरी विजयी बनाउन सकिन्छ भनेर रणनैतिका विषयमा केन्द्रित भएर परामर्श गरेका हुन् ।
रुपन्देहीको निर्वाचन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धनका उम्मेदवार र गठबन्धन दलका अगुवा कार्यकर्तासँग बैठक बसेको छ ।
खाणले गठबन्धनमा आबद्ध सबै दल एकजुट भएर उम्मेदवारहरूलाई विजयी बनाउनुपर्ने बताएका छन् ।
सोमबार क्षेत्र र क्षेत्रमा आयोजित गठबन्धनमा आबद्व दलका अगुवा नेता–कार्यकर्तासँगको छलफलका क्रममा खाणले आफ्नो दलको सदस्य नभए पनि गठबन्धनका तर्फबाट मनोनयन गरेका उम्मेदवारलाई जिताउन मरिमेटर लाग्न आग्रह गरे ।
गठबन्धनलाई प्रभावकारी ढंगले टिकाउन नसके लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने खतरा रहेकाले संवेदनशील बनेर चुनावमा आफ्ना उम्मेदवार विजयी गराउन केन्द्रित हुन सबैलाई आग्रह गरेका छन् ।
एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्रबाट रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नं. १ मा उम्मेदवारी दिएका छन् ।
भुसाल स्वतन्त्र उठे पनि उनलाई सत्ता गठबन्धनले साथ सहयोग गर्ने प्रतिबन्धता जनाएका छन् ।
राष्ट्रिय राजनीतिलाई स्थिरता प्रदान गर्न पनि गठबन्धनको विजयी जरुरी रहेको नेता भुसालले बताएका छन् ।
बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोसपा तथा राष्ट्रिय जनमोर्चाका स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सहभागी नेताहरूले एकढिक्का भएर गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका छन् ।
नेकपा (एकीकृत समावादी)बाट क्षेत्र नं. मा उम्मेदवारी दिएका राजु गुरुङले संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि दुई तिहाई जरुरी रहेकाले सबैले गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन् ।
नेता गुरुङले गठबन्धनका उम्मेदवारलाई जिताउन क्षेत्रस्तरमा समेत संयन्त्र जरुरी रहेकाले त्यस अनुसार अगाडि बढ्न अगुवा नेता कार्यकर्तासित अनुरोध गरेका छन् ।
रुपन्देही–१ मा घनश्याम भुषाल (स्वतन्त्र), प्रदेश सभा १ (क)मा विश्वनाथ यादव (नेपाली कांग्रेस) र प्रदेश सभा १ (ख)मा अब्दुल रज्जाक (नेपाली कांग्रेस) रहेका छन् ।
क्षेत्र नं. मा २ राजु गुरुङ (एकीकृत समाजवादी) तथा प्रदेश सभा २ (क) दीर्घबहादुर केसी (नेपाली कांग्रेस) तथा प्रदेश सभा २ (ख) बामदेव क्षेत्री (माओवादी केन्द्र) रहेका छन् ।
क्षेत्र नं. ३ मा बालकृष्ण खाण (नेपाली कांग्रेस) तथा प्रदेश सभा ३ (क)मा सन्तोष पाण्डे (लोसपा) र प्रदेश सभा ३ (ख)मा रामचन्द्र ढकाल (नेपाली कांग्रेस) रहेका छन् ।
क्षेत्र नं.४ मा प्रमोद यादव (नेपाली कांग्रेस) तथा प्रदेश सभा ४ (क)मा अष्टभुजा पाठक (नेपाली कांग्रेस) र प्रदेश सभा ४ (ख) वसीउद्दिन खाँ (नेपाली कांग्रेस) रहेका छन् ।
क्षेत्र नं. ५ मा भरतकुमार शाह (नेपाली कांग्रेस) तथा प्रदेश सभा ५ (क)मा विष्णु पोखरेल (नेपाली कांग्रेस) र प्रदेश सभा ५ (ख) फकरुद्दिन खान (नेपाली कांग्रेस) रहेका छन् ।
यसैबीच, नेता भुसालसँग सोमबार नै रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र नेता विमल ढकालले भेट गरेका छन् । भेटमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउने विषयमा कुराकानी भएको ढकालले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया