काठमाडौं जिल्ला अदालत असोज २३ गतेसम्म बन्द

काठमाडौं । काठमाडौं जिल्ला अदालत असोज २३ गतेसम्मका लागि बन्द भएको छ ।

असोज १० गतेदेखि असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म काठमाडौं जिल्ला अदालत बन्द रहनेसूचनामा उल्लेख छ ।

यद्यपि घटस्थापना, शनिबार र विजया दशमीका दिन बाहेक अन्य दिनमा पक्राउ पूर्जी जारी गर्न बिहान ११ देखि ३ बजेसम्म अदालत खुल्ला रहनेछ ।

Published : Tuesday, 2022 September 27, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया