आरजुका आलोचकहरूले जवाफ भेटे
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई विभिन्न आरोपहरू लागेका बेला समानुपातिकतर्फ प्रतिनिधि सभाको बन्द सूचीमा राखेपछि आलोचकहरूको मुख बन्द भएको छ ।
राणालाई प्रधानमन्त्री बनाउने तयारी स्वरुप निर्वाचनमा उम्मेदवार बनाउन लागेको भनेर सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भएको थियो । राणा सक्षम नेतृ हुन् । केन्द्रीय सदस्यमा भिडेरै जितेर आएकी छिन् ।
राणाको भाग्यमा लेखेको रहेछ र राजनीतिमा प्रगति गरिन् भने प्रधानमन्त्री मात्र होइन यो मुलुकको राष्ट्रपति र कांग्रेसको सभापति पनि हुन सक्नेछिन् ।
राणाका विषयमा हुने गरेका आलोचनालाई कांग्रेसले तत्कालका लागि खण्डन गरिदिएको छ । नेतृ राणाको नाम समानुपातिकमा परेपछि ५ वर्ष प्रधानमन्त्री बन्न पाउने छैनिन् । तर, प्रतिनिधि सभामा अर्को पटक निर्वाचित भएर आइन् भने उनलाई रोक्न पनि सकिने छैन ।
नेतृ राणासँग सहजता पूर्वक पार्टीका नेता कार्यकर्ताले भेट्न पाउँदैनन् । बालुवाटरमा बस्ने भएका कारण पनि कार्यकर्ता र नेताहरूसँग राणाको सम्बन्ध टाढिएको छ ।
नेतृ राणाले राजनीतिक भेटघाटका लागि आफ्नो सचिवालय नेता कार्यकर्ताले सहज रुपमा पाउने गरेर स्थापना गर्नुपर्छ । सचिवालय पनि निकै गतिलो बनाउनुपर्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया