बलात्कार काण्डमा सफाइ पाएका महरा डराएर दाङबाट टापकसे

काठमाडौं । सरकारी जागिरे महिला कर्मचारीलाई बलात्कार गरेको अभियोगमा सफाइ पाएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पराजित हुने डरले समानुपातिकमा आफूलाई उम्मेदवार बनाएका छन् ।

महरा निर्वाचनमा प्रतिस्पर्धा गर्न डराएर समानुपातिकमा बसेका छन् । माओवादीका उपाध्यक्ष समेत रहेका महरा प्रतिनिधि सभातर्फ समानुपातिकको सूचीमा बसेर उम्मेदवार बनेका हुन् ।

पराजित हुने डरले महराले यस पटक जोखिम लिन चाहेनन् । महरालाई दाङ क्षेत्र नं. २ का जनताले अत्याधिक मत दिएर जिताएका थिए । जनताले जिताए पनि महराले दाङ क्षेत्र नं. २ मा कुनै पनि उल्लेख्य काम गर्न सकेनन् ।

बरु महराले आफ्नो गृहजिल्ला रोल्पामा टावर बनाउनेदेखि विभिन्न फजुल कार्यक्रमहरूमा सरकारी पैसा राखेर सबैलाई चकित तुल्याइदिए ।

महराले दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने सोँच बनाएका थिए । रोशनी शाही प्रकरणमा परेर सभामुख पद समेत गुमाएका महराले पराजित हुने डरले प्रत्यक्षमा उम्मेदवार नबनेको चर्चा छ ।

बलात्कार काण्डमा महरा लामो समय पुर्पक्षका लागि कारागारमा बसेका थिए । पछि उनले अदालतबाट सफाइ पाएका थिए ।

दाङ क्षेत्र नं. २ बाट एमालेले शंकर पोखरेललाई उम्मेदवार बनाउन लागेको छ । पोखरेलसँग लज्जास्पद हार हुने देखेर महरा दाङ– २ बाट भागेको आरोप सो क्षेत्रका मतदाताले लगाएका छन् ।

महरा र पोखरेल मिलेर गत निर्वाचनमा उठेर जितेका थिए । यी दुबैले दाङमा सिन्को पनि भाँच्न सकेका छैनन् ।

दाङको विकासका लागि नेपाली कांग्रेसले जित्नुपर्छ । दाङ–२ बाट कांग्रेसका नेता राजु खनाल पनि उम्मेदवार बन्ने चर्चा छ ।

खनाललाई कांग्रेसले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा टिकट दियो भने एमालेका पोखरेललाई लज्जास्पद हारको स्वाद चखाइदिने दाङ कांग्रेसको भनाइ छ ।

Published : Tuesday, 2022 September 20, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया