सिंहले गृह सचिवको पद सम्हाले, पाण्डे अष्ट्रेलियातिर घुम्दै
काठमाडौं । विनोदप्रकाश सिंहले गृह सचिव पदको जिम्मेवारी सम्हालेका छन् ।
आइतबार सिंहदरबारस्थित मन्त्रालयमा सिंहले सचिव पदको जिम्मेवारी सम्हालेका हुन् । सिंह नियमित प्रक्रियाअनुसार सरुवा भएर गृह मन्त्रालयको सचिवमा आएका हुन् ।
गृह मन्त्रालयमा कार्यरत सचिव टेकनारायण पाण्डेलाई उप–राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयमा पाण्डेको एक वर्ष पुगेपछि सरुवा गरिएको हो ।
यसअघि पाण्डेको प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । उप–राष्ट्रपति कार्यालयमा कार्यरत हरिप्रसाद मैनालीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएपछि पाण्डेलाई सो ठाउँमा पठाइएको छ ।
पाण्डे हाल अष्ट्रेलियाको भ्रमणमा छन् । अष्ट्रेलियमा रहेका बेला सिंहले गृह सचिवको जिम्मेवारी सम्हालेका हुन् । गृह सचिव सिंहलाई प्रदेश नं. १ को प्रमुख सचिवबाट तानेर गृह मन्त्रालयमा ल्याइएको हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया