बुटिक काजल क्रियशन ८औं वर्षमा प्रवेश
काठमाडौं । बुटिक काजल क्रियशन ८औं वर्षमा प्रवेश गरेको छ ।
ललितपुरको कुपण्डलमा शनिबार बुटिकमै भएको कार्यक्रममा विभिन्न सेलिब्रेटी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा काजल क्रियशनको वार्षिकोत्सव भब्यताका मनाइएको छ ।
वार्षिकोत्सवमा सञ्चालिका काजल शर्मालाई जन्मदिनको शुभकामना समेत प्रदान गरिएको छ ।
कार्यक्रममा वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ, अभिनेत्री दीपाश्री निरौला, अभिनेता दीपकराज गिरी, अभिनेता निर्मल शर्मा, गायिका प्राश्ना शाक्य, ब्यूटिसियन सोनी कारंजित, निर्माण व्यवसायी एवम् समाजसेवी प्रकाशकुमार श्रेष्ठ, गायिका रानु निरौलालगायतको उपस्थिति थियो ।
फेशन डिजाईन गरिसकेकी काजल अहिलेको पुस्ताकी फेशन डिजाईनरमा लोकप्रिय मानिन्छिन् ।
Published : Sunday, 2022 September 18, 7:24 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया