काठमाडौंकै सहकारीमा चोरी

काठमाडौं । सहकारी विभिन्न नाम र काण्डले बदनाम भइरहेका बेला काठमाडौंमा वहुउद्देश्यीय सहकारीमा चोरी भएको छ ।

बिहीबार राति कागेश्वरी मनोहरा नगरपालिका–५ सानो थलीस्थित सिंहदेवी बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ३ लाख रूपियाँ चोरी भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

सहकारीहरूको पैसा ठगीका काण्ड र धन्दाहरूबारे बेलाबेला समाचार आउने गरेका छन् । ती सहकारीविरुद्ध उजुरी पनि पर्ने गरेका छन् ।

सबै सहकारी बदमास र ठग छैनन् । राम्रा सहकारी पनि छन् । आफ्नो उद्देश्यअनुसारको काम गरेर नाफा कमाएर समाज र राज्यप्रतिको दायित्व निर्वाह गरेका छन् ।

Published : Friday, 2022 September 16, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया