सिट बाँडफाँटमा कुरा मिलेको छैन, मिडियामा आएको कुरा सत्य होइन : माओवादी
काठमाडौं । माओवादी केन्द्रले सत्तारुढ गठबन्धनका दलहरूबीचको सिट बाँडफाँटको विषयमा मिडियामा आएको जस्तो सहमति नभएको जनाएको छ ।
बुधबार काठमाडौंको कोटेश्वरमा बसेको पदाधिकारीको बैठकले मिडियामा आएका समाचारहरूमा जस्तो सिटमा बाँडफाँट नभएको जनाएको हो ।
निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलहरूबीच सकारात्मक दिशामा छलफल भइरहेको माओवादीले जनाएको छ ।
माओवादीले केही अनलाइन मिडियामा आएको जस्तो हुबहु सिट बाँडफाँट नभएको जनाएको छ ।
माओवदीले सिट बाँडफाँटका विषयमा अनावश्यक रुपले भ्रमित बनाउन समाचारहरू आएको जनाएको छ ।
समानुपातिक प्रतिनिधित्व सूची पेस गरिसकेपछि आगामी असोज ४ गते गठबन्धनको बैठक सकेर क्षेत्रको बाँडफाँट टुंगो लगाउने समझदारी बनेको छ ।
यसैबीच, माओवादीले अनुशासन आयोगका अध्यक्ष कमरेड टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल गरेको छ ।
माओवादीले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची तयार गर्नका लागि पार्टी प्रदेशहरूले बिहीबारभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सर्ट लिस्ट पेस गर्न भनेको छ ।
समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिका बाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहो¥याउने निर्णय माओवादीले गरेको छ ।
स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने निर्णय पनि माओवादीले गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया