गृहमन्त्री खाणको कार्यले मिटरव्याजीहरुको सातोपुत्लो उड्यो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणलाई मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यदलले प्रतिवेदन बुझाएको छ ।

सोमबार सिंहदरबारमा कार्यदलले खाणलाई आफ्नो प्रतिवेदन बुझाएको हो । गृहमन्त्री खाणको निर्देशनमा मिटरव्याजसम्बन्धी प्रतिवेदन बनाएर बुझाउन गृह मन्त्रालयले सो कार्यदल बनाएको थियो ।

कार्यदलका संयोजक भीष्मकुमार भुसालले २२ बुँदे सिफारिससहित मन्त्री खाणलाई प्रतिवेदन बुझाएका हुन् ।

कार्यदलका अनुसार मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ ।

तीमध्ये भदौ २६ गतेसम्म ५९ वटा उजुरी फरफारक भइसकेका छन् ।

७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको कार्यदलले जनाएको छ । ७ वटा उजुरीमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कार्यदलले गत भदौ ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा तथा प्रदेश १ को मोरङ गरी ७ जिल्लाका मिटरव्याजीसँग छलफल गरेको थियो ।

उजुरीहरूको विश्लेषण गर्दा ४ वा सो भन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको र एकै व्यक्तिले २३ जना विरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको कार्यदलले जनाएको छ । प्रतिवेदन बुझाएसँगै कार्यदलको कार्यकाल समाप्त भएको छ ।

स्थानीय प्रशासनले उजुरी उपर छानबिन प्रक्रियालाई निरन्तरता दिने गृह मन्त्रालयले जनाएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले मिटरव्याजीहरुको आतंक अन्त्यका लागि पहल थालेको छ ।

तत्कालीन डीआईजी नवराज सिलवाल पनि मिटरव्याजी काण्डमा मुछिएका व्यक्ति हुन् । उनीविरुद्ध मिटरव्याजको काण्ड लागेको छ ।

Published : Monday, 2022 September 12, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया