रोशनी यौनकाण्डमा सभामुख गुमाएका महरा एकल सिफारस हुन सकेनन्, रेखा र निर्मलले ठाउँ लिने
घोराही । माओवादी केन्द्रको दाङ जिल्ला कमिटीले रोशनी यौनकाण्डमा मुछिएर सभामुख पद गुमाएका नेता कृष्णबहादुर महरालाई एकल सिफारिस गर्न डराएको छ ।
माओवादीको क्षेत्र नं. २ को नेतृत्वले दाङ क्षेत्र नं. २ बाट महरालाई मात्रै सिफारिस नगरेर तीन जना नेताको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ माओवादीले महराका साथै नेतृ रेखा शर्मा र नेता निर्मला आचार्यको नाम सिफरिस गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्माले महरासहित शर्मा र आचार्यको नाम पनि प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सिफारिस गरिएको पत्रकारहरूलाई बताएका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रतिनिधिसभामा दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले महरालाई मात्रै एकल सिफारिस नगरिएको बताए ।
रोशनी शाही योनकाण्डमा महरा मुछिएपछि उनी बद्नाम भएका छन् । अदालतबाट सफाइ पाए पनि महरा दाङमा अलोकप्रिय छन् ।
महराले आफूले टिकट नपाएमा रेखा शर्मा वा निर्मल आचार्यलाई उम्मेदवार बनाउने पक्षमा देखिएका छन् ।
दाङ क्षेत्र नं. २ मा माओवादी निकै कमजोर छ । माओवादी दाङबाट यस पटक बढारिने पक्का छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया