कांग्रेस नेता विनोद चौधरीको उम्मेदवारीले नवलपरासीमा उत्साह, चारतारे झण्डा फहरिने

बर्दघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विनोद चौधरीको उम्मेदवारीले नवलपरासी क्षेत्र नं. १ मा उत्साह थपिएको छ ।

कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नवलपरासी–१ बाट नेता चौधरीको नाम सिफारिस भएपछि मतदाता उत्साहित भएका हुन् ।

पूर्वमन्त्री हृयदेश त्रिपाठीले पाँच पटक निर्वाचन जितेको नवलपरासी–१ बाट कांग्रेसले चौधरीलाई अगाडि सार्ने तयारी गरेको हो । त्रिपाठीलाई पटक÷पटक निर्वाचन जिताउँदा पनि विकास हुन नसकेको स्थानीयको निष्कर्ष छ ।

उद्योगपति चौधरीका कारण आफ्नो क्षेत्रमा विकास हुने स्थानीयको विश्वास छ ।

उनीहरुले भाषणभन्दा विकास गर्ने नेता आफूहरूले खोजेको भन्दै चौधरीको विकल्प अरु हुनै नसक्ने बताएका छन् ।

कांग्रेस प्रतापपुर गाउँपालिकाका कार्यवाहक सभापति राजु अधिकारीले केन्द्रीय सदस्य चौधरी नवलपरासी–१ बाट चुनाव लड्ने चर्चाभएसँगै स्थानीय खुसी भएको बताए । ‘यहाँका मतदाता विनोद सरको पक्षमा छन्। एउटा उत्साह नै देखिएको छ, जनतामा’, उनले भने, ‘अहिलेसम्म जनताका नाममा धेरैले राजनीति गरे । नेता बने । मन्त्री बने तर न यहाँ अपेक्षाकृत विकास भयो । न स्थानीयको जीवनस्तरमा कुनै फरक आयो ।’

उनले नेता चौधरीलाई चुनाव जिताउन सके यो क्षेत्रको समग्र विकास हुने र स्थानीयले रोजगारी पाउने अपेक्षा राखेको बताए ।

‘स्वभाविक रुपमा विनोद चौधरीज्यू ठूलो उद्योगपति हुनुहुन्छ । उहाँलाई यो क्षेत्रबाट जिताउन सकियो भने यो क्षेत्रमा कुनै उद्योग खोलिन्छ होला । जनताले रोजगारी पाउँछन् भन्ने ठूलो आशा गरेका छन्’, उनले भने, ‘अब भाषण गर्ने नेता यहाँका जनताले खोजेका छैनन् । पटक पटक मन्त्री भएर पनि केहि गरेनन् । हाम्रा लागि विनोद चौधरीको विकल्प छैन ।’

पटक/पटक निर्वाचन जितेर पनि पूर्वमन्त्री त्रिपाठीले विकास नगरेको भन्दै उनीसँग मतदाता रुष्ट छन् । ‘कतिपटक उहाँ (त्रिपाठी) लाई जिताउने अब ? उहाँ सांसद/मन्त्री भइराख्ने तर हामी जहाँकात्यहीँ ?’ स्थानीय एक जनाले प्रश्न गरे, ‘हाम्रो क्षेत्रबाट विनोद चौधरी चुनाव लड्ने कुरा सुनेका छौं । उहाँलाई हामी जिताउँछौं ।’

नवलपरासी क्षेत्रमा सीजी ग्रुपमार्फत विभिन्न सीपमूलक तालिमका साथै स्वरोजगारका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । राजनीतिमार्फत् मुलुकको समृद्धिका लागि काम गर्ने भन्दै चौधरी प्रत्यक्ष राजनीतिमा होमिएका हुन् । उनले अहिलेसम्मको आफ्नो अनुभव र दक्षतालाई सिंगो देशको समृद्धिमा उपयोग गर्ने बताउँदै आएका छन् ।

पछिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले काठमाडौं महानगर, धरान उप–महानगर र धनगढी उपमहानगरलगायतका पालिकामा जितेपछि त्यसको प्रभाव संघीय निर्वाचनमा पनि देखिने निश्चित छ । देशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका बेला प्रमुख दलहरूभित्र पनि उम्मेदवार चयनको विषय थप पेचिलो बनेको छ । स्वतन्त्र उम्मेदवारको असर कम पार्न दलहरूभित्र सक्षम, अनुभवी र मतदाताले पत्याउने उम्मेदवार बनाउनुपर्छ भन्ने दवाव उत्तिकै छ ।

स्थानीय बुद्धिजीवी एवं पूर्वप्राध्यापक गणेश विक पनि चौधरीलाई उम्मेदवार बनाउन सके नवलपरासीको विकासमा ठूलो योगदान हुने विश्वास गर्छन् । ‘हामीलाई विकास गर्न सक्ने, योजना बनाउन सक्ने र लगानी ल्याउन सक्ने मान्छे चाहिएको छ,’ उनी भन्छन्, यति वर्षदेखि उति वर्षदेखि यहाँ राजनीति गरेको मात्रै भनेर हुँदैन । यदि हामीले नवलपरासीको विकास चाहेका हौ भने विनोद चौधरी जत्तिको नेतालाई हामीले यहाँ ल्याउन सक्नुपर्छ ।’ उनी भाषण मात्रै गर्ने नेताले अब समृद्धि नआउने ठोकुवा गर्छन् ।

कांग्रेसले नवलपरासी–१ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेता चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरेको छ ।

महाधिवेश प्रतिनिधि एवं प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस उषा बास्तोलाले कांग्रेसले चौधरीलाई नै अगाडि सार्नुपर्नेमा जोड दिएकी छन् । उनले केन्द्रीय सदस्य चौधरीको नाममा कांग्रेस एक ठाउँमा उभिने बताइन् । उनले भनिन्, ‘हामीले एक ढिक्का भएर विनोद चौधरीलाई अगाडि सार्छौं । मतदाता उहाँका पक्षमा छन् ।’

कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य चौधरीले प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेपछि उनको चर्चा देशव्यापी चुलिएको हा । चौधरीलाई आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लडिदिन आग्रह गर्दै विभिन्न जिल्लाबाट कांग्रेससँगै अन्य दल र नागरिक अगुवाहरुले पनि प्रस्ताव पठाइरहेका छन् ।

संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारका लागि चौधरकिो नाम नवलपुरका दुवै निर्वाचन क्षेत्र र नवलपरासीबाट सिफारिस भएको छ । चौधरीले यी तीन वटा निर्वाचन क्षेत्रमध्ये एकबाट चुनाव लड्ने सम्भावना बढि रहेको उनीनिकटले बताउने गरेका छन् । यद्यपी कांग्रेस नेता चौधरीले पार्टीको निर्णय अनुसार देशका जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न तयार रहेको बताइसकेका छन् ।

कांग्रेस नेता चौधरी विश्वकै धनाढ्यमा पर्छन् । आफ्नो कमाइको केही हिस्सा चौधरीले मुलुकभरि समाज सेवा गर्दै आएका छन् । गएको प्रतिनिधि सभा निर्वाचनमा मधेशीको नाममा राजनीति गरेर अवर लिँदै आएका हृदयश त्रिपाठी मधेश विरोध एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका पुच्छर बनेर चुनाव चिन्ह लिएर चुनाव जितेका थिए ।

मन्त्री बनेर पटक/पटक अवसर लिएका त्रिपाठीलाई यस पटक कांग्रेस नेता चौधरीले हराउने पक्का छ । चौधरी आएपछि त्रिपाठीको सातोपुत्लो उडेको छ । त्रिपाठीले फेरि पनि चुनाव चिन्ह सूर्य लिए उम्मेदवार बन्ने तयारी गरेका छन् ।

Published : Sunday, 2022 September 11, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया