कम्युनिस्टहरू नमिलुन् भनेर भनेर कांग्रेसले गठबन्धन बनायौं : गृहमन्त्री खाण
बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले कम्युनिस्टहरूको अर्को गठबन्धन नहोस् भनेर गठबधन गरिएको बताएका छन् ।
शनिबार काभ्रेपलाञ्चोकमा नेपाल तरुण दलको कार्यक्रममा नेता खणले गठबन्धन भएन भने कांग्रेसको अवस्था के हुन्छ ? भनेर गठबन्धनको विरोध गर्ने नेता कार्यकर्तासँग प्रश्न गरेका छन् ।
‘अर्को गठबन्धन नबानेस् भनेर गठबन्धन गरिएको हो’, उनले भने, ‘गठबन्धन नहुँदा के अवस्था हुन्छ सबैलाई थाहा रहेको कुरा हो ।’
गृहमन्त्री खाणले भने, ‘तत्कालको राजनीतिक जटिलतालाई गम्भीरताका साथ लिन जरुरी छ ।’
‘०७४ को निर्वाचनमा नेपाली कांग्रेस जस्तो पार्टीले १६५ सिटमा जम्मा २३ वटा निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेका छौँ’, खाणले भने, ‘विशिष्ट राजनीतिक उथलपुथलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।’
उनले भने, ‘यो सरकार विभिन्न राजनीतिक दलको गठबन्धनको जगमा उभिएको छ ।’
‘०७४ सालपछि जुन खालको ढंगले राजनीति अगाडि बढ्दै थियो’, उनले भने, ‘त्यो राजनीतिलाई रोक्नुपर्ने थियो । सबै वामपन्थीहरूको गठबन्धन र मोर्चागत राजनीतिले एउटा आकार लिएको थियो ।’
उनले भने, ‘नेपालको राष्ट्रिय राजनीतिमा गठबन्धनको आधारमा बनेको सरकारले, ओलीजी प्रधानमन्त्रीत्वमा बनेको सरकारले संविधान लागू गर्ने, विधिको शासनलाई प्रत्याभुत गर्ने, बहुदलयी मूल्य मान्यतालाई प्रत्याभुत गर्ने, आत्मसाथ गर्ने, जनताका नागरिक अधिकार र मानवअधिकारलाई सम्मान गर्ने, स्वतन्त्र पत्रकारितालाई रक्षा गरेन ।’
‘संविधानमाथि प्रहार ग¥यो । प्रेससँग ल्याएको विधेयक, प्रेसम्बन्धी विधेयक पत्रकारितालाई अंकुश लगाउने खालको भयो’, उनले भने, ‘नागरिक अधिकारलाई संकुचन गर्ने खालको, लोकतान्त्रिक समाज, संस्कृति कहिँ पनि नभएको, सबै नागरिकहरूको गोपनीयता, सबै नागरिकहरूको टेलिफोन, टेप गर्न सक्ने, त्यस्तो खालको विधेयक र ऐन ल्याउनुभयो ।’
नेता खाणले भने, ‘माधवअधिकारलाई कमजोर बनाउने विधेयक ल्याउनुभयो । स्वायत्त आयोगलाई सरकारको निकाय जस्तो बनाउनुभयो । माइतीघरमा विरोध गर्न नपाउने । निरंकुशता ल्याउन खोज्नुभयो । गुठी विधेयक ल्याउनुभयो । विरोध भएपछि गुठी विधेयक ओलीजील फिर्ता लिनुभयो ।’
‘ओलीजी र नेताहरूबीच भएको सहमति कार्यान्वयन भएन’, उनले भने, ‘नेताहरूको बीचमा मतभेद र मनमुटाव भयो । मन्त्रीले राजीनामा दिए ।’
‘संविधानमा नभएको मध्याबधीको ओलीले गर्न खोज्नुभयो’, उनले भने, ‘अहिलेको संविधानमा मध्यावधी चुनाव गर्ने व्यवस्था छैन । संविधान विपरित संसद विघटन गर्नुभयो । अदालतले संसद फर्काइदियो ।’
नेता खाणले भने, ‘ओलीलाई सरकारमा राखेर चुनावमा जाँदा घातक हुन्छ । बाँकी पार्टीसँग मिलेर हाम्रो नेतृत्वमा सरकार बनाउन भन्दा हाम्रो पार्टी सभापति मान्नुभएन । सभापति चुनावको पक्षमा हुनुहुन्थ्यो । संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।’
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश चुनाव अगाडि नै तरुण दल केन्द्रीय समिति आउने बताए । उनले केन्द्रीय सदस्यहरू देशभरि गठवन्धनका उम्मेदवार जिताउन सकृय हुने बताए ।
गुरुङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथले नै खड्गप्रसाद ओलीको दम्भ तोड्न सफल भएर सभापति शेरबहादुर देउबालाई प्रधानमन्त्रीको रुपमा देख्न पाएको बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया