मुख्यमन्त्री राउतका शक्तिशाली जनप्रतिनिधि पक्राउ, उपेन्द्र यादवले पनि बचाउन सकेनन्
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, (जसपा)बाट निर्वाचित उप–मेयर बलात्कारको अरोपमा पक्राउ परेका छन् ।
सिरहाको लहान नगरपालिकाका उप–मेयर एवम् जसपाका नेता रामचलितर महतो महिलालाई बलात्कार प्रयास गरेको आरोप पक्राउ परेका हुन् ।
बलात्कारको आरोप लागेपछि महतो बेपत्ता भएका थिए । उप–मेयर महतो शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय लहानमा आत्मसमर्पण गरेका छन् ।
सम्पर्कविहीन भएको ५१औं दिनमा बाध्य भएर उप–मेयर महतो प्रहरीमा आत्मसमर्पण गरेका हुन् । उनी आफ्ना कानून व्यवसायी र जसपाका नेता कार्यकर्तासहित आत्मसमर्पण गरेको जनाइएको छ ।
महतोलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
उनको शुक्रबार नै लहानस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले बताएका छन् ।
महतोलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी तिमल्सिनाले बताएका छन् ।
उनीमाथि अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिराहा जिल्ला अदालतमा पेश गरिनेछ ।
उप–मेयर महतोले जागिर लगाइदिन्छुभन्दै जेठ १९ गते आफ्नो कार्यकक्षमा बोलाएर लहानकी २१ वर्षीया महिलालाई बलत्कारको प्रयास गरेको आरोप छ । साउन ४ गते ती महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि उप–मेयर महतो फरार थिए ।
बलात्कारको अभियोगबाट बच्नका लागि उप–मेयर महतोले मधेश प्रदेशका मुख्यमन्त्री एवम् जसपाका नेता लालबाबु राउत, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेता र शक्तिहरूमा धाएका थिए ।
उनीहरूले बलात्कारको विषयमा आफूहरूले तत्काल केही गर्न नसक्ने बरु पछि सहयोग गर्ने आश्वासन दिएपछि महतोले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया