संगीतकार श्रेष्ठको उपन्यास ‘फरैना’ सार्वजनिक
काठमाडौं । थारु समुदायकी युवतीको जीवनलाई आधार बनाएर लेखिएको संगीतकार सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा फरैनाको विमोचन गरिएको छ ।
उपन्यासलाई वरिष्ठ गीतकार एवम् समालोचक डा.कृष्णहरि बराल, अधिवक्ता डा.भिमार्जुन आचार्य, अभिनेता राजेश हमाल, एमालेकी नेतृ शान्ता चौधरी र लेखक श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
संगीतकार श्रेष्ठले उपन्यास लेखेर आफ्नो क्षेत्राधिकारलाई फैलाएको बताएका छन् । उनीहरूले श्रेष्ठलाई बधाई र शुभकामना दिएका छन् ।
संगीतकार एवम् लेखक श्रेष्ठले लकडाउनका बेला उपन्यास लेख्न शुरु गरेको र अहिले आएर उपन्यासले बल्ल पूर्णता पाएको बताएका छन् ।
Published : Saturday, 2022 September 10, 7:46 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया