कांग्रेस पिङ् उद्घाटन गर्ने कम्युनिस्ट जस्तो होइन : रामहरि खतिवडा
ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टले जिल्लाको विकास गर्नुभन्दा पिङको उद्घाटन गरेर ५ वर्षको समय विताएको बताएका छन् ।
शुक्रबार सिद्धिचरण नगरपालिकामा ओखलढुंगा कांग्रेसले गरेको कार्यक्रममा खतिवडाले ओखलढुंगाका सांसदको काम ५ वर्षसम्म हरेक नयाँ सीडीओ आउँदा मोलुङ्गको बाटो देखाउन र पिङ उद्घाटन गर्न बाहेक केही नगरेको बताए ।
नेता खतिवडाले वीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनबाट निर्वाचित प्रधानमन्त्री रहेको बताए । उनले वीपी कोइराला बिलक्षण गुण भएको एउटा मात्र नेता राज नेता रहेको बताएका छन् ।
वीपी र राजाबीच कुरा नमिलेपछि वीपी भारतमा गएर बसेको उनले बताए ।
जब भारतीय नेताहरूले नेपाल र नेपालीको लागि ‘कु’ भलो चितावन थालेपछि वीपी स्वदेश फर्किएको खतिवडाले बताए ।
‘देश र जनताको लागि मेरो घाँटी तल र राजाको घाँटीमाथी हुनेछ भनेर देश फर्किएर लोकतन्त्रको रक्षा गर्नुभयो’, नेता खतिवडाले बताएका छन् ।
अहिलेको गठबन्धनको एउटै लक्ष्य भनेको २०७९ सालको निर्वाचनमा कांग्रेसका सबै साथीहरू एकबद्द भएर पहिलो र प्रिया पार्टी बनाउने रहेको उनले बताएका छन् ।
उनले अर्को चुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउने बताए ।
उनले भने, ‘स्थानीय तह जितेर मात्र नहुने रहेछ संघ र प्रदेश हार्दा हामीले सुरुवात गरेको मोलुङ एकवार, लिखु र दुधकोशी एकवार बाटो र साँघुटार–घोराखरी कालोपत्रे जस्ता जिल्लको गौरवको योजनाहरू रोकिएको छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बल्ल मोलुङ एकवार बाटोको टेन्डर भएको नेता खतिवडाले बताएका छन् ।
‘धुपौरे, दाता र नाताहरूलाई मात्र साथ लिएर हिँड्दा २ तिहाईको कम्युनिस्ट सरकार घार्लामघुर्लुम ढलेर चौबाटोमा लगेर फालेका छन्’, उनले भनेका छन् ।
‘त्यो फालिएको सरकारलाई हामीले सम्हालेर देशमा लोकतन्त्रलाई बचाउनु पर्ने जिम्मा समेत रहेको छ’, उनले भनेका छन् ।
ओखलढुंगाबाट जितेको सांसदले रुम्जाटारबाट हलेसी जोड्ने केवलकार जोड्छौं भनेर सपना देखाएको बताएका खतिवडाले भने, ‘हाम्रो सांसदको हरेक पटक गाउँमा आउँदा नयाँ कुरा उट्पट्याङ सुन्न पाइन्छ ।’
कार्यक्रममा केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि लक्ष्मी खतिवडाले आगामी निर्वाचनमा कांग्रेसका नेताहरूले मिलेर जाँदा मात्रै कांग्रेसले जित्ने बताइन् । उनले कांग्रेसलाई जिताउन सबैले आ–आफ्नो असहमतिलाई तत्कालका लागि थाँती राखेर अगाडि बढ्नुपर्ने बताएकी छिन् ।
कार्यक्रममा जिल्ला सभापति तेजेन्द्र खनाल, नेतृ गोमा केसीसहितका नेताहरूको उपस्थिति थियो ।






बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया