चालेन्द्रशम्शेरकी छोरी सृष्टिले ऋर्ण नतिरेपछि कान्तिपुरमै सूचना निस्कियो, डा.तिलक रावल पनि चकित

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराकी छोरीज्वाइँ एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका पूर्वसांसद तिलक रावलका छोरा विनय रावलले अटेर गरी ऋण नतिरे पछि कर्जा चुक्ता गर्न २१ दिने सूचना जारी भएको छ ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पुल्चोक ललितपुरले शुक्रबार कान्तिपुर दैनिकमा कर्जा चुक्ता गर्नेबारे विनयविरुद्ध २१ दिने सूचना जारी गरेको छ ।

विनयले लालीगुराँससँग लिएका थिए । कर्जाको साँवा, व्याज र जरिवाना विनयले तिरेका छैनन् ।

सूचनामा विनयले लिएको कर्जाको रकम खुलाइएको छैन । स्रोतका अनुसार विनयले लालीगुराँससँग जग्गा धरौटी राखेर करोडौं रुपियाँ कर्जा लिएका छन् ।

‘उल्लेखित ऋणी सदस्यहरूले व्यवसायिक प्रयोजनको लागि लिएको कर्जाको संस्थासँग गरेको सम्झौता बमोजिम समय–समयमा तिर्नु बुझाउनुपर्ने साँवा, व्याज र अन्य दस्तुर नतिरेको र सम्पूर्ण कर्जाको भाखा समेत नाघी कर्जासम्बन्धी शर्त बन्देजहरू उल्लंघन गरेको हुँदा ऋणी तथा जमानी सदस्यहरूलाई सम्पूर्ण कर्जा रकम चुक्ता गर्न पटक–पटक मौखिक तथा लिखित रुपमा ताकेता गरेको र सो गर्दा समेत संस्थाको कर्जा चुक्ता गर्न आउनु भनी यो २१ दिने सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

‘यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र यस संस्थामा सम्पर्क राखी लिएको कर्जाको साँवा, ब्याज तथा अन्य दस्तुर समेत चुक्ता गर्नु होला’, सूचनामा भनिएको छ ।

‘अन्यथा यस संस्थाको ऋण लगानी तथा असुलीसम्बन्धी विनियमावली, संस्थाको विनियम तथा सहकारी ऐन २०४७, नियमावली २०५७ ले दिएको अधिकार प्रयोग गरी ऋण तथा जमानीको फोटोसहितको विवरण खुलाई पुनः ३५ दिने सूचना प्रकाशित गरी संस्थाको नाममा दृष्टिबन्धकी पारित गरी दिएको धितो (घरजग्गा) लिलाम बिक्री गरी सम्पूर्ण कर्जा रकम असुल उपर प्रक्रिया अगाडि बढाइने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।

काठमाडौंको बानेश्वरमा बस्ने चोलेन्द्रशम्शेर जबराकी छोरी तिलक रावलकी बुहारी ३८ वर्षीया श्रीमती सृष्टि राणा रावल ऋणी रहेकी छिन् । लालीगुराँससँग सृष्टिले ऋणी लिएकी छिन् ।

ऋणको व्यक्तिगत जमानत बानेश्वरमा बसोबास गर्ने टेकबहादुर रावलको नाती डा.तीलक रावलको छोरा ४६ वर्षीया विनय रावल रहेका छन् । विनयले पत्नी सृष्टिको नामबाट व्यापारिक प्रयोजनको लागि कर्जा लिएका थिए ।

कर्जा चुक्ताको सूचनाबारे प्रतिक्रिया लिन सृष्टिसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Published : Friday, 2022 September 9, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया