एमालेलाई भित्तामा पुर्‍याएर कांग्रेसको काँधमा चढेका प्रचण्डले देखे यस्तो सपना

काठमाडौं । कथित वाम गठबन्धन गरेर एमालेलाई तहस नहस बनाएर नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जान लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्ने सपना देख्न थालेका छन् ।

मंसिर ४ गतेको निर्वाचनपछि प्रधानमन्त्री बन्ने योजना रहेको दाहालले सार्वजनिक कार्यक्रममा बताउन थालेका छन् । कुनै पनि शीर्ष नेताहरूले निर्वाचनपछिको प्रधानमन्त्रीका विषयमा मुख खोल्न नसकेका बेला दाहाल निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने बताउन थालेपछि चर्चा हुन थालेको छ ।

राजनीति गरेपछि प्रधानमन्त्री, मन्त्री बन्ने कुरा ठूलो होइन । तर, दाहालले जसरी आफू नै प्रधानमन्त्री बन्ने भनेर दाबी गरिरहेका छन् कुनै पनि एङ्गलबाट कुरा सुहाएको छैनन भनेर टिप्पणी पनि भएका छन् ।

बिहीबार राजधानीमा नेपाल उद्योग परिसंघको कार्यक्रममा दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गरेछि धेरैले कुरा काट्न थालेका छन् ।

दाहालले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए ।

राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने उनले बताएका छन् ।

‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं । अब देश विकासको निम्ति वातावरण तयार भएको छ। अहिले नेपालमा जुन परिवर्तन आएको छ’, उनले भने, ‘राजनीतिक नेतृत्वको हैसियतले मैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरूसामु पनि राजनीतिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत गर्‍यौँ ।’

माओवादी पार्टी विघटनको संघारमा पुगेका बेला एमालेसँग वाम गठबन्धन गरेर गएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा राम्रो नतिजा ल्याएका अध्यक्ष दाहालले एमाले र माओवादीलाई मिसाएर नेकपा बनाएका थिए ।

अध्यक्ष खड्गप्रसाद ओलीसँगको टसल र दाहालको महत्वकांक्षाले गर्दा तत्कालीन नेकपा विभाजन भयो । सर्वोच्च अदालतबाट नेकपा विभाजन भएर एमाले र माओवादी पुनः पुरानै अवस्थामा आएका थिए ।

झण्डै दुईतिहाइको बहुमत पाएका कम्युनिस्टहरूले दाहाल र ओलीका कारण सत्ता गुमाएर सानो समूहमा रहेको नेपाली कांग्रेसर्लाइ सत्ता सुम्पिएर झगडा गरेर बसेका छन् ।

जनताले दिएको झण्डै दुईतिहाईको बहुमतले नपुगेर ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गर्न पुगे ।

त्यो जनमतको कदर गर्न नसकेका दाहाल कांग्रेसको काँधमा चढेर पुनः निर्वाचनमा जान लागेका छन् । कांग्रेसलाई धम्की दिएर दवावमा राखेका छन् । अहिले आएर चुनावपछि राम्रो पोजिशन ल्याएर प्रधानमन्त्री बन्ने सपना देखेर सार्वजनिक रुपमा बोल्न थालेका छन् ।

Published : Thursday, 2022 September 8, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया