बालेनले यी शक्तिशाली निकायहरूको कठालोमा हातहाले, ठालुहरूको सातोपुत्लो उड्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर बुझाउन पत्र पठाएका छन् ।

महानगरले बिहीबार नेपाली सेना र नेपाल प्रहरीलाई पत्र पठाएर १० दिनभित्र वडा कार्यालयमा गई बहाल कर बुझाउन भनेका हुन् ।

महानगरले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले काठमाडौं महानरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन पत्रमार्फत चेतावनी दिएको छ ।

पटक/पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै बहाल आम्दानी विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्रमा बहाल कर र त्यसको जरिवाना पनि बुझाउन भनिएको छ ।

यदि यो अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न प्रक्रिया अगाडि बढाउने समेत महानगरको पत्रमा उल्लेख छ ।

मेयर शाहले वीर अस्पताल, दशरथ रंगशाला र उपत्यकाभित्रका पाँच वटा क्याम्पसलाई १० दिनभित्र घरबहाल कर बुझाउन पत्र लेखेका छन् ।

महानगरले बिहीबार लेखेको पत्रमा वीर अस्पताल, दशरथ रंगशाला, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस, शंकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्सपलाई १० दिनभित्र कर बुझाउन भनिएको छ ।

अफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन उनीहरूलाई आदेश दिइएको छ ।

तोकिएको अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न प्रक्रिया अगाडि बढाउने समेत महानगरले चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि शाहले राजश्व असुली र अवैध संरचना भत्काउने अभियान चलाइरहेका छन् ।

यसअघि, मेयर शाहले नेपाल विद्युत् प्राधिकरणलाई पनि कर तिर्न भन्दै पत्र लेखिसकेका छन् ।

काठमाडौं महानगरले सर्वसाधारणलाई बहाल करसहित विभिन्न कर लिए पनि उच्च निकायसँग बहाल कर उठाउन सकेको रहेनछ ।

कर नतिर्ने र अबैध संरचना बनाउन ती शक्तिशाली निकायहरूमाथि पनि मेयर शाहले धावा बोलेका छन् । शाहको यो अभियानलाई सर्वसाधारण मनभित्रैबाट स्वागत गरेका छन् ।

Published : Thursday, 2022 September 8, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया