कांग्रेसले राजीवबिक्रमको योगदान सम्झियो, मतदाताहरू भोट दिएर जिताउन आतुर
काठमाडौं । नेपाली कांग्रेस जाजरकोटले केन्द्रीय सदस्य एवम् पूर्वसांसद राजीवबिक्रम शाहलाई प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल सिफारिस गरेको छ ।
जाजरकोट कांग्रेसका सभापति बेदराज सिंहले नेता शाहलाई सर्वसम्मत एकल रुपमा टिकटका लागि सिफारिस गरेको जानकारी दिएका छन् ।
युवा नेता शाहलाई प्रदेश सभा क्षेत्र नं. ‘क’ र ‘ख’ले सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । जिल्ला कार्यसमितिले पनि शाहलाई सर्वसम्मत सिफारिस गरेको छ ।
जाजरकोटमा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ । त्यो क्षेत्रमा माओवादी केन्द्रले पनि दाबी गरेको छ ।
यद्यपि, जाजरकोट कांग्रेसले आफ्नो संगठन बलियो रहेको र स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याएको छ । सोही कारण कांग्रेसले कथित गठबन्धनका नाममा जाजरकोट गुमाउने पक्षमा छैन ।
माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोट माग गरेका छन् । माओवादीका बस्नेतले टिकट पाए भने कांग्रेसले इमान्दार भएर सहयोग गरे पनि पराजित हुने पक्का छ ।
जाजरकोट कांग्रेसले मैना कार्की रावललाई प्रतिनिधि सभामा समानुपातिकमा सिफारिस गरेको छ । महेन्द्रबहादुर शाहलाई पिछडिएको क्षेत्रबाट प्रतिनिधिको समानुपातिकमा कांग्रेसले सिफारिस गरेको छ ।
रामजंग शाहलाई प्रतिनिधि सभाको खसआर्यको समानुपातिक तथा जनक नेपाली बादीलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ अल्पसंख्यकमा कांग्रेसले सिफारिस गरेको छ ।
कांग्रेस नेता शाहले जाजरकोटका जनताको उपचार गर्न सहज होस् भनेर अस्पताल बनाउनेदेखि विकासका विभिन्न काम गरेका छन् । शाहले जाजरकोटका जनताको सेवा गर्दै आएका छन् ।
कम्युनिस्टले जितेर पनि जाजरकोटमा सिन्को पनि भाँच्न सकेका छैनन् । कांग्रेसका नेता शाह पराजित हुँदा पनि जनताको सेवा गर्दै आएका छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया