काठमाडौंमा समर्थक किशोरीसँग यौनक्रिडा गरेपछि पल शाह झै काण्डमा परे यी सेलिब्रेटी
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान २५ वर्षीय सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा १७ वर्षीया किशोरीले काठमाडौं प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी छिन् ।
मंगलबार प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) भरतबहादुर बोहोराले लामिछानेविरुद्ध पीडित किशोरीले आफूलाई दुई पटक बलात्कार गरेको किटानी जाहेरी दिएको बताए ।
साथीसँग गौशाला प्रहरीमा पुगेकी किशोरीले लामिछानेले आफूलाई दुई पटक बलात्कार गरेको आरोपसहित जाहेरी दिएकी छिन् ।
किशोरीको स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालिसकेको एसएसपी बोहराले बताएका छन् ।
जाहेरी दिने किशोरी लामिछानेकी कट्टर समर्थक हुन् । उनी काठमाडौंको एक कलेजमा अध्ययनरत थिइन् ।
लामिछाने र ती किशोरीबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो ।
सामाजिक सञ्जालमार्फत लामिछानेले किशोरीसँग भेट्ने प्रस्ताव राखेका जाहेरीमा उल्लेख छ । स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।
भदौ ६ गते लामिछाने टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई पटक बलात्कार गरेको पीडित किशोरीले आरोप लगाएकी छिन् ।
किशोरीलाई लिनका लागि लामिछाने आफ्नो कारमा मध्यबानेश्वरस्थित होस्टल नजिकै आएका थिए । उनीहरू भक्तपुर गएको र फर्किएर आउँदा मध्यराति भइसकेको किशोरीले उल्लेख गरेकी छिन् ।
किशोरीले लामिछानेलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । करीव ११ राति लामिछानेले किशोरीलाई होटलमा बस्ने प्रस्ताव गरेको बयानमा उल्लेख छ ।
त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए । पीडितले दुई वटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीले जनाएको छ ।
राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गर्न थालेको छ । प्रहरीले होटलका कर्मचारीहरूसँग पनि सोधपुछ गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा किशोरी र सन्दीप भदौ ५ गते ती स्थानमा गएको देखिएको प्रहरीले जनाएको छ ।
सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७८ पुस ४ गते राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको थियो ।
एसएसपी बोहोराले प्रहरीले कुनै पनि कसूरमा उजुरी आउँदा पीडक भनिएका व्यक्तिको पृष्ठभूमि ख्याल नगर्ने बताएका छन् ।
उनले जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीले अनुसन्धान गर्ने बताए ।
किशोरीको मंगलबार नै प्रहरीले थापाथलीस्थित प्रसूति गृहमा विस्तृत स्वास्थ्य परीक्षण गराएको छ ।
अभियोग पुष्टि भएमा सन्दीपविरुद्ध बलात्कार गरेको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।
उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ ।
सन्दीपविरुद्ध बालयौन दुरुपयोगको कसूर पनि लागेर प्रमाणित भए तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुनसक्छ ।
ख्यातिको आडमा बलात्कार भएको उस्तै प्रकृतिको घटनामा मंगलबार मात्रै अभिनेता पल शाहलाई अदालतले साढे २ वर्ष कैद सजाय तोकेको छ ।
पीडितले बयान फेरेपछि उनलाई जबरजस्ती करणीमा अदालतले सफाइ दिएको छ । बालयौन दुरुपयोगको कसूरमा दोषी ठहर गरेको छ ।
यस्तो छ काठमाडौं प्रहरीको कुरा
नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछाने उपर जवरजस्ती करणी (जजक) कसूरमा प्रहरी बृत्त गौशालामा परेको जाहेरी दरखास्त सम्बन्धी:
गौशाला २६ (छ) ०७९/०८० ले निजको नावालिका बहिनी वर्ष १७ की गौशाला २६ (छ) (१) लाई जि. स्याङ्जा आरुचौर गा.पा. स्थाई वतन भई हाल काठमाण्डौ बुढानीलकण्ठ न.पा. बस्ने अं. ५’७” उचाई, गहुँगोरो, पातलो वर्णको नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाण्डौ ल्याई रातको अं. २३:५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अं. ००:२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।
प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र One Door Crisis Management Center (OCMC) मा लगी बिस्तृत स्वास्थ्य परीक्षण गराइएको ।
अनुसन्धानका बिविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भई रहेको ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया