कांग्रेस ९० सिटमा झर्न मान्यो, माओवादी र एसले दवावमा राख्न ७० मा झार्न खोजे
काठमाडौं । नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ ।
मंगलबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले १ सय सिटमा दाबी गरेको हो । कांग्रेसले दाबी गरेका करिव ४० वटा सिटमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले पनि दाबी गरेपछि सहमति हुन नसकेको एक नेताले बताएका छन् ।
कांग्रेसलाई दवावमा राख्ने माओवादी र एकीकृत समाजवादीले ७० सिटको आसपासमा कांग्रेसलाईमनाउन खोजेका छन् । तर, कांग्रेसले १ सय सिटबाट तल झर्न मानेको छैन । कांग्रेसले कम्तीमा १० सिट छाडेर ९० मा झर्न सक्ने एक नेताले बताए ।
माओवादी, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका छन् ।
शीर्ष तहमा भएको छलफलमा कांग्रेस ९० मा झर्न सहमत भए पनि माओवादीले आधा कांग्रेसले लिएर आधा अरुलाई छाड्नुपर्ने अडान राखेको छ ।
एकीकृत समाजवादीले कांग्रेसलाई ७० सिटमा मात्र लड्न आग्रह गरेको छ ।
सिट संख्या तोकेर निर्वाचन क्षेत्रबाट छलफल गर्ने प्रयास सफल नभएपछि कार्यदलमा क्षेत्रअनुसार भइरहेको छ ।
कार्यदलको बैठक बुधबार पुनः बसेर सहमति जुटाउने प्रयास गर्नेछ । बिहीबार ९ बजेका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया