यी हुन् दाङ कांग्रेसले सिफारिस गरेका ३ प्रतिनिधि सभा र ६ प्रदेश सभाका उम्मेदवारहरू, को–को परे ?
घोराही । नेपाली कांग्रेस दाङले तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभातर्फका आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्र र क्षेत्रीय कार्यसमितिहरूले पठाएका उम्मेदवारहरूका आकांक्षीहरूलाई सुझावसहित लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाइएको कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले बताए ।
दाङको प्रतिनिधि सभा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ कांग्रेसले कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरी, प्रदीप थापा र अनुराग खड्कालाई टिकटमा सिफारिस गरेको जिल्ला सचिव अर्जुन योगीले बताएका छन् ।
दाङ क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ समानुपातिकमा कांग्रेसले सुशीला चौधरी, आत्माराम भट्टराई, खड्गबहादुर सुनार, द्रोण भुसाल, गोविन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहलाई सिफारिस गरेको छ ।
क्षेत्र नं. १ ‘ख’तर्फ प्रत्यक्षमा कांग्रेसले जानकीलाल बस्नेत, मधुप्रसाद न्यौपाने, चुडामणि आचार्य, शान्तराज अधिकारी र पवन नेपालीलाई सिफारिस गरेको छ ।
क्षेत्र नं. १ ‘ख’को समानुपातिकतर्फ अर्जुन योगी, गिरिजादेवी न्यौपाने, खिमा अधिकारी, गीताकुमार चौधरी, लोका बिक (लोकीकुमारी बिक), देवका बेल्वासे, पवन यादव, तारा नेपाली, घनश्याम सुवेदी श्रीराम दहित थारु, गोपाल नेपाली, रेशमबहादुर बुढा र मधुकुमार चौधरी सिफारिस भएका छन् ।
क्षेत्र नं. १ ‘क’मा प्रत्यक्षतर्फ भेषराज पाण्डेय, नुमानन्द सुवेदी, लक्ष्मण चौधरी सिफारिस भएका छन् ।
क्षेत्र नं. १ ‘क’मा समानुपातिकतर्फ अशोदा चौधरी र अनुराग यादव सिफारिस भएका छन् ।
दाङ क्षेत्र नं. २ ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ राजु खनाल, घनश्याम रेग्मी, किरणकिशोर घिमिरे र भरतबहादुर न्यौपानेलाई सिफारिस गरेको छ ।
क्षेत्र नं. २ को समानुपातिकतर्फ कांग्रेले वीरकेश्वरी गौतम, नदनकुमार शर्मा, हरिप्रसाद रजौरे, गोविन्दप्रसाद मजगैंया, तेजबहादुर बिक र लक्ष्मीमान चौधरीलाई सिफारिस गरेको छ ।
क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फ समानुपातिक महिलातर्फ विमला योगी र सपना बोहराको नाम सिफारिस भएको छ ।
क्षेत्र नं. २ ‘क’को प्रत्यक्षतर्फ कांग्रेसले गोपालराज शर्मा, खगराज पाण्डेय, कमलकिशोर घिमिरे, कमानसिंह भारती, दुर्लभ केसी, दामोदर केसी र कुलराज खनाललाई सिफारिस गरेको छ ।
प्रदेश सभा सदस्य क्षेत्र नं. २ ‘क’ समानुपातिक महिला उम्मेदवारतर्फ कांग्रेसले पुष्पा श्रेष्ठ, सुशीला थापा, निरज पोखरेल र लीला नेपालीलाई सिफारिस गरेको छ ।
प्रदेश सभा क्षेत्र नं. २ ‘क’ समानुपातिकतर्फ सिफारिस भएका खुला उम्मेदवारहरूमा भुपबहादुर डाँगी, ध्रुवकुमार पुन, महेशराज श्रेष्ठ, बमबहादुर डिसी, केशव नेपाली, ध्रुवकुमार ज्ञवाली, बुझाउन चौधरी, देवकुमार नेपाल रहेका छन् ।
प्रदेश सभा सदस्य क्षेत्र नं. २ ‘ख’ प्रत्यक्षतर्फ अभियान बस्नेत, श्यामकुमार रेग्मी, प्रचण्डविक्रम न्यौपाने, कुमुदराज शर्मा, दीपक न्यौपाने, चित्रबहादुर डाँगी ‘निर्मल’ र हिमबहादुर डाँगी रहेका छन् ।
प्रदेश सभा सदस्य क्षेत्र नं. २ ‘ख’ समानुपातिकमा महिलातर्फ जानुका केसी, गोमा रावत, बालिका लम्साल, विणा विसी, टीका डाँगी, मुक्ति वादी, पुष्पा वादी, निर्मला न्यौपाने र उषा चौधरी रहेका छन् ।
प्रदेश सभा सदस्य क्षेत्र नं. २ ‘ख’ समानुपातिकमा खुलातर्फ पृथ्वी चौधरी, तुल्सी राना, गोविन्दप्रसाद न्यौपाने, विष्णुमणि धिताल, दिनेश नेपाली, चन्द्रप्रसाद चौधरी र चन्द्रैप्रसाद चौधरी (घोराही–८) रहेका छन् ।
दाङको क्षेत्र नं. ३ प्रतिनिधि सभातर्फ प्रत्यक्षमा कांग्रेसले दीपक गिरी, कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, विजुल विश्वकर्मा, मदन रसिक र राजेन्द्रकुमार धितालको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. ३ को प्रतिनिधि सभातर्फ समानुपातिकमा कांग्रेसले गेहेन्द्र गिरी, बुद्धिराम भण्डारी, कीर्तिबहादुर खड्का, घनश्याम सुनार, देविका नेपाली घिमिरे, चुर्णबहादुर चौधरीको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. ३ प्रदेश निर्वाचन क्षेत्र ‘क’को प्रत्यक्षतर्फ कांग्रेसले डिल्लीबहादुर चौधरी, शंकर गिरी, देवेन्द्र रिजाल, टोपबहादुर केसी, युवराज खड्का, एकराज आचार्यको नाम सिफारिस भएको छ ।
क्षेत्र नं. ३ ‘क’को पुरुष समानुपातिकतर्फ कांग्रेसले जोगेन्द्रकुमार विश्वकर्मा, कृष्णकुमार गिरी, ऋषिराज लहरे ‘अरुण’, प्रदीप खड्का, टेकबहादुर वली, चेतबहादुर सेर्पाइली, सुरेन्द्रबहादुर खड्का, अर्जुन गिरी, मदनराज धिताल, लीलाधर लम्साल, देवीप्रसाद हलुवाई र दलबहादुर बिक रहेका छन् ।
क्षेत्र नं. ३ प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’को महिला समानुपातिकतर्फ सुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापती चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मी सिफारिस भएका छन् ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ ‘ख’का लागि पत्यक्षतर्फ पहिलो हुने उम्मेदवारहरूमा शंकरप्रसाद डाँगी र केशवराज आचार्य, टीकाराम घर्ती, खिमप्रसाद खराल, होमप्रकाश गौतम, सुबोध डाँगी र चुडामणि ढकाल सिफारिस भएका छन् ।
प्रदेश सभा सदस्य क्षेत्र नं. ३ ‘ख’का लागि समानुपातिक महिला उम्मेदवारहरूमा मिथिला शाह, पदमा चौधरी, पार्वती पुन, कुन्ती डिसी भण्डारी र तारा भण्डारी सिफारिस भएका छन् ।
प्रदेश सभा सदस्य क्षेत्र नं. ३ ‘ख’का लागि समानुपातिक पुरुषतर्फका उम्मेदवारहरूमा जगतबहादुर खड्का, महादेव शाह, भरत केसी र मधु चौधरी सिफारिस भएका छन् ।
दाङबाट प्रदेशतर्फ उम्मेदवार बन्न इच्छा राख्नेहरूमा वडा सदस्य नपाएका पनि छन् । केही उम्मेदवारहरू स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरू पनि छन् ।
दाङ कांग्रेसमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ उम्मेदवार बन्न इच्छा देखाउनेहरूको सूची लामो छ । उम्मेदवार बन्न रुचि राख्नेमा केन्द्रीय नेताका पत्नी, बाबु–छोरा, दाइ–भाई–दिदी–बहिनी, पति–पत्नी, आफन्तहरूको सूची पनि लामो छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया