कार्यकर्ताको माग भएपछि कांग्रेसका युवा नेता गोरखाली सिन्धुपाल्चोकबाट सिफारिस
काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकटका लागि राजेन्द्र गोरखाली ‘राजु’सहितका नेताहरूलाई सिफारिस गरेको छ ।
महासमिति सदस्य समेत रहेका युवा नेता गोरखालीलाई स्थानीय नेता कार्यकर्ताको मागअनुसार प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सिफारिस गरिएको सिन्धुपाल्चोक कांग्रेसका सभापति जंगबहादुर तामाङले बताएका छन् ।
समाजसेवी समेत रहेका गोरखालीले क्षेत्र नं. २ का कांग्रेसका नेता कार्यकर्तालाई विभिन्न सहयोग गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य, भूकम्प, बाढीपहिरो लगायतका बेला पनि गोरखालीले सहयोग गरेका छन् ।
कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई गाउँमा कुनै समस्या पर्दा सिधै सहयोग गर्दै आएका छन् । गोरखालीले काठमाडौंमा सिन्धुपाल्चोक– २ का जनतालाई उपचार गराउन विभिन्न अस्पतालहरूमा व्यवस्था गरिदिएका छन् ।
बालबालिकालाई शैक्षिक सामग्री, बाढीपहिरोको बेला खाद्यान्न तिवरण, लत्ताकपडालगायतका सामग्री वितरण गरेका थिए । लोप्रोफाइलमा बस्न रुचाउने कांग्रेसका युवा नेता गोरखालीलाई विरोधीहरूले विभिन्न आक्षेप र लाञ्छनाहरू लगाउने गरेका छन् ।
समाजसेवा गर्न निकै रुचि राख्ने गोरखाली आफूलाई बढाइचढाइ गरेर मिडियाबाजी गर्न रुचाउँदैनन् । उनको यही कमजोरीका कारण विरोधीहरूको मनोबल बढेको उनलाई चिन्नेहरूको भनाइ छ ।
सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताहरू भन्छन्, ‘राजु गोरखाली दाई हाम्रा लागि निकै सहयोग हुनुभएको छ । बाढीपहिरो होस् वा कुनै विपत्ति परेका बेला सहयोग गर्न आइपुग्नु हुन्छ । स्वास्थ्य, शिक्षा लगायतमा हामीलाई सहयोग गर्नुभएको छ । प्रहरी, प्रशासनमा समस्या पर्दा अग्रपंक्तिमा उभिएर सहयोग गर्नु हुन्छ ।’
आफूले गरेका समाज सेवाका कामलाई गोरखालीले कहिल्यै पनि मिडियाबाजी गरेर सस्तो लोकप्रियता गर्न रुचाउँदैनन् । ५ सयको सहयोग गरेर ५ लाखको प्रचार गर्ने जस्तो कार्य गोरखालीबाट कहिल्यै नभएको उनलाई नजिकबाट चिन्नेहरूले बताउने गरेका छन् ।
युवा नेता गोरखालीसँग क्षेत्र नं. २ प्रतिनिधि सभातर्फ नेताहरू विष्णुविक्रम थापा, दिलबहादुर तामाङ, शिव सुनार, शंकर लामाको नाम पनि टिकटमा सिफारिस भएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ विकास लामा, श्यामबहादुर श्रेष्ठ र सानुमाया हिमालयको पनि सिफारिस भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया