शक्तिशाली राष्ट्रको भ्रमणमा जान मानेनन् देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमण नजाने भएका छन् ।
संयुक्त राष्ट्र संघ (यूएन) को ७७ औं महासभामा सहभागी लिन देउवा अमेरिका जाने तयारी भएको थियो । नेपाल र अमेरिकाबीच मिति तय हुन नसकेपछि देउवा अमेरिका जाने कार्यक्रम रद्द गरिएको छ ।
नयाँ सरकार बनेपछि प्रधानमन्त्री देउवाले असारको अन्त्य वा साउनको पहिलो साता अमेरिका भ्रमण गर्ने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरेको थियो ।
अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले असार ६ गते अस्वीकार गर्ने निर्णय गरेपछि अमेरिका रिसाएको चर्चा छ ।
प्रधानमन्त्री देउवाको वासिङ्टन डीसीको भ्रमणको योजना अघि बढ्न सकेन ।
देउवा यूएनको महासभामा अमेरिका जाने र त्यही बेलामा द्विपक्षीय भ्रमण गर्ने गृहकार्य पनि भएको थियो ।
प्रधानमन्त्री देउवा महासभामा नजाने बालुवाटारबाट जानकारी आएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.नारायण खड्काले यस पटक पनि न्युयोर्क गएर नेपालको तर्फबाट सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयको गृहकार्य गरेको छ ।
महासभामा संयुक्त राष्ट्रसंघका सदस्य मुलुकका सरकार प्रमुख वा राज्य प्रमुख सहभागी हुन्छन् ।
उनीहरूले आ–आफ्नो देशको तर्फबाट विश्व मञ्चमा धारणा राख्दै आएका छन् ।
राष्ट्रसंघको हरेक वर्ष हुने सबैभन्दा ठूलो मेलाका रूपमा महासभालाई लिइन्छ ।
महासभामा एक मुलुकका सरकार प्रमुखहरूले अर्को मुलुकमाथि चित्त नबुझेका विषयमा आरोप–प्रत्यारोप गर्नेछ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी गर्नुपर्ने भएपछि देउवा अमेरिका भ्रमणमा जान रुचि नदेखाएका हुन् ।
देउवाले तीव्रताका साथ मंसिर ४ गतेको निर्वाचनको तयारीहरू गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया