कम्युनिस्ट ‘म्यादी’ मन्त्रीले थुनाएका गुरुङलाई छाड्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न काठमाडौं जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।

सोमबार खाणले गरुड सेक्युरिटिजका सुरक्षागार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

कम्युनिस्ट ‘म्यादी’ मन्त्रीका रुपमा परिचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्ड गुरुङलाई थुनाएका थिए ।

मन्त्री श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षागार्ड गुरुङलाई पक्राउ गर्न आदेश दिएका थिए ।

मन्त्री श्रेष्ठको आदेशपछि प्रहरीले आइतबार गुरुङलाई हिरासतमा राखेको थियो ।

भिएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।

Published : Monday, 2022 September 5, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया