मकवानपुरमा कांग्रेसद्वारा उपाध्याय र बानियाँको नाम एउटै क्षेत्रबाट सिफारिस
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रतिनिधि सभाको निर्वाचनका लागि सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँसहितको नाम प्रतिनिधि सभाका लागि सिफारस गरेको छ ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट कांग्रेसबाट प्रत्यक्षतर्फ सह–महामन्त्री उपाध्यायको नाम पहिलो नम्बरमा सिफारिस भएको छ ।
बागमती प्रदेशसभा सभापति बानियाँको नाम दोस्रो नम्बरमा छ ।
पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल ‘माइकल’ र महासमिति सदस्य जयराम लामिछानेको नाम पनि सिफारिस गरेको छ ।
बैठकले मकवनापुर–१ बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता विष्णु लामिछाने, कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेता गोपीलाल विक, नेतृ पवित्रा विक, नेता सुवातसिं थिङ, नेतृ गीता राई, नेतृ सञ्जिता सिग्देल, नेता सुदीप वर्तौला, नेता राजकुमार जीएम र नेता नारायण लम्सालाको नाम जिल्ला समितिलाई सिफारिस गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया