काठमाडौं-४ बाट गगन सर्वसम्मत हुन सकेनन्, समानुपातिकमा कर्माको नाम

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभातर्फ गगनकुमार थापा र विनोदबाबु प्रधानको नाम सिफारिस भएको छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फ अनार बस्नेत, कर्माछिरिङ शेर्पा, याङ्किला शेर्पा, रोहित पौडेल र डा.आरती कार्कीको नाम सिफारिस भएको छ ।

प्रदेश सभा प्रत्यक्षतर्फ ‘क’मा श्रीराम लामिछाने, प्रशन्नमान श्रेष्ठ, श्यामकुमार संगत, नरोत्तम बैद्य, सरिन घिमिरेको नाम सिफारिस भएको छ ।

प्रदेश सभा प्रत्यक्षतर्फ ‘ख’मा न्हुच्छेमान श्रेष्ठ, अच्युतप्रसाद पौडेल, शंकर आचार्य र मनोज सिग्देलको नाम सिफारिस भएको छ ।

प्रदेश ‘क’मा समानुपातिकतर्फ अनुप प्रधान, रमेश महर्जन, किरण श्रेष्ठ, असिम राणा, नर्वदा पोखरेल, दीपेन्द्रकेशरी पण्डित, सारिका राई, गणेश सुनुवार, श्यामकुमार मल्ल, सुशील नाहटा, प्रकाश गुरुङ, दिनेकुमार माली, इन्दिरा भण्डारी, ध्रुवप्रसाद भण्डारी र सुदीपराज शर्माको नाम सिफारिस भएको छ ।

प्रदेश ‘ख’तर्फ इन्द्रबहादुर थापा, साधुराम खड्का, आत्माराम पौडेल, भोला लामिछाने, रामकृष्ण केसी, शशिप्रसाद शर्मा, वृहस्पति चालिसे, होमनाथ मितिल्सिना, डिल्लीप्रसाद डोटेल, सन्तोष भण्डारी, रीता बुढाथोकी, मनदेवी श्रेष्ठ, ललितादेवी गुरुङ, दा.जाङबु शेर्पा, श्यामकृष्ण श्रेष्ठ, सानुकान्छा श्रेष्गठ, दीव्यमणिराज भण्डारी, रामलाल श्रेष्ठग र दीपक गुरुङको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ ।

Published : Friday, 2022 September 2, 1:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया