चलचित्र अभिनेता रोज राणालाई कांग्रेसबाट टिकटमा प्रस्ताव, सिफारिसमा को-को परे ?

प्यूठान । नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं. ‘ख’ले प्रत्यक्षतर्फ सभापति रोज राणालाई सिफारिस गरेको छ ।

क्षेत्रीय कार्यसमितिले थापालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरेको हो । स्रोतका अनुसार प्यूठानमा कांग्रेसबाट प्रदेश ‘ख’मा सभापति राणालाई नेतृत्वले टिकट दिने प्रवल सम्भावना छ ।

राणा सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण निकट मानिन्छन् ।

प्रत्यक्षतर्फ राणाका साथै मेनका घिमिरे र शलिग्राम पण्डितलाई सिफारिस गरेको छ ।

समानुपातिकतर्फ महिला खुल्लामा नीमा गिरी, साबित्रा अधिकारीको नाम सिफारिस भएको छ ।

खस आर्यतर्फ प्रकाश भण्डारी, हरिप्रसाद पोखरेल, नोचबहादुर थापा, कमल पोखरेल, धनेश्वर भण्डारी, ऋषिराम पुरीको नाम सिफारिस भएको सभापति राणाले बताएका छन् ।

आदिबासी जनजाति खुल्लातर्फ सनत श्रेष्ठ, खगेश्वर थापा, आदिबासी जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, दलित खुल्लातर्फ भुवन सिंह, कर्ण बिक तथा दलित महिलातर्फ विन्दु परियार र तुलसा सुनारको नाम सिफारिस भएको सभापति राणाले बताएका छन् ।

Published : Friday, 2022 September 2, 12:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया