अधिकारीको न्यायाधीश पद फुत्कियो, धेरै न्यायाधीशहरूको मुटुमा च्वास्स भयो

काठमाडौं । न्यायपरिषदले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ ।

बुधबार काठमाडौंमा बसेको न्यायपरिषदको बैठकले अधिकारीलाई न्यायाधीश पदबाट बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताएका छन् ।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो ।

न्यायपरिषदले अधिकारीलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि यान्त्रिक रुपमा पक्राउ अनुमति दिएको आरोप लागेको थियो ।

न्यायाधीश अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ ।

उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपियाँ भेटिएको थियो ।

त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । कार्यान्वयन भएको थिएन ।

न्यायाधीश अधिकारी कालीकोट र पछि बाँकेमा सरुवा भएका थिए ।

न्यायाधीशहरूले संविधान र कानूनअनुसार फैसला नगर्दा धमाधम बर्खास्थ र कारबाहीमा परेका छन् ।

संविधान र कानूनअनुसार न्यायाधीशहरूले फैसला र आदेश गर्ने होभने कारबाहीमा पर्नुपर्ने थिएन ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरूका न्यायाधीशहरूलाई न्यायपरिषदको यो पछिल्लो निर्णयले मुटुमा च्वास्स छोएको छ ।

Published : Thursday, 2022 September 1, 12:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया