बालुवाटार जग्गा काण्डमा मुछिएका विष्णु पौडेलसँग भिड्ने नेता तयार, हराएर सबक सिकाउने

रुपन्देही । रुपन्देहीको क्षेत्र नं. २ बाट एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा (एकीकृत) समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमालेले पौडेल र एकीकृत समाजवादीले गुरुङलाई प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

रुपन्देही–२ मा ०७४ को निर्वाचनमा एमालेका पौडेलले माओवादी केन्द्रको मत पाएर निर्वाचित भएका थिए । त्यस बेला पौडेलले ४४ हजार ३ सय मत पाएका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९३७ मत पाएका थिए । गिरी कांग्रेसका जिल्ला तहका नेता हुन् । यसपटक गठबन्धनमा यो क्षेत्र एकीकृत समाजवादीले पाउने सम्भावना छ ।

गुरुङलाई कांग्रेसले इमान्दारिताका साथ सहयोग गरेर भोट दियो भने एमालेका पौडेलको हार निश्चित छ । बालुवाटार जग्गा काण्ड लगायतका काण्डैकाण्डमा परेका पौडेललाई सुकुम्वासी नेता भनेर आलोचना गर्ने गरिएको छ ।

एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।

रुपन्देही–१ बाट महासचिव डा.बेदुराम भुसाल, उप–महासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ ।

Published : Tuesday, 2022 August 30, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया