साधारण पहिरनमा देउवासँग देखिइन् आरजु, नक्कली कम्युनिस्ट जस्तो छैन कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री पत्नी आरजु राणाले तीन पर्वको अवसरमा शुभकामना दिएका छन् ।
मंगलबार कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी राणाले आफ्नो फेसबुक पेजमार्फत तीजको शुभकामना दिएकी हुन् । राणाले आफू र प्रधानमन्त्री देउवाको सेल्फी फोटो खिचेर सामाजिक सञ्जालमा राखेकी छिन् ।
कम्युनिस्टले जस्तो तडकभडक राणाले देखाएकी छैनिन् । राणाले आफ्नो गच्छेअनुसार चाढपर्व मनाउनुपर्छ, देखावटी गर्नु हुँदैन भन्ने सन्देश दिएकी छिन् ।
प्रधानमन्त्री पत्नी राणाले भनेकी छिन्, ‘हरितालिका तीजको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना, शिव पार्वतीजीले हामी सबैको कल्याण गरुन् ।’
कांग्रेस नेतृ राणा सामान्य पहिरनमा छिन् । रातो कुर्ता, रातो र हरियो पोते लगाएकी छिन् । देउवाले आकासे रंगको सर्ट लगाएर सोफामा बसेका छन् ।
नेतृ राणाले सुनका गहना लगाएकी छैनिन् । उनले चाहने हो भने सुनका महँगा लगाउने सक्छिन् । तर, कम्युनिस्टले जस्तो ढोँङ्ग राणाले गरेकी छैनिन् ।
कम्युनिस्टहरूले जनताका बीचमा ढोँङ्गी कुरा गर्छन् । भित्रभित्र आफ्नो औकात देखाइहाल्छन् ।
हिन्दूधर्मको विरोध गर्दै आइरहेका कम्युनिस्टहरू अहिले आएर धर्मको पछाडि लागेर कांग्रेसभन्दा दुई कदम अगाडि पुगेर ढोँङ्ग गर्ने गरेको देख्न पाइन्छ ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया