देउवाको निर्देशनपछि कांग्रेसको अभियान शुरु, कम्युनिस्टहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसले ‘जनताको साथमा नेपाली कांग्रेस’ चुनावी अभियान आजदेखि शुरू गर्न लागेको छ ।

शुक्रबार देशभरि कांग्रेसले अभियान शुरु गर्नेछ । अभियानका लागि कांग्रेस मुख्यालयबाट ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइएका छन् ।

अभियान भदौ २४ गतेसम्म चल्ने कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।

कांग्रेसले सात प्रदेश कार्यसमितिबाट पनि अभियानका लागि जिल्लाहरूमा प्रतिनिधि पठाएको छ ।

कांग्रेसले अभियान सकिएपछि घरदैलोलगायतका कार्यक्रम गर्नेछ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले अभियान सफल बनाउन शुभकामना र निर्देशन दिएको प्रवक्ता डा.महतले बताए ।

निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसले आफूलाई जनतामा केन्द्रित गर्न थालेको छ ।

कांग्रेसले अभियान शुरु गरेपछि एमालेसहितका कम्युनिस्टलाई तनाब भएको छ । कांग्रेसको राजनीतिक गतिविधिबाट कम्युनिस्टलाई समस्या भएको छ ।

Published : Friday, 2022 August 26, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया